मधुमेह दिवसमा नर्भिकको विशेष हेल्थ प्याकेज


काठमाण्डौ। विश्व मधुमेह दिवसको अवसरमा नर्भिक इन्टरनेशनल अस्पतालले विशेष हेल्थ प्याकेजको घोषणा गरेको छ ।
विश्वव्यापी रुपमा बढ्दो मधुमेहको समस्याको न्यूनिकरणका लागि मधुमेहका संभावित बिरामीहरुलाई स्वास्थ्य जाँचका लागि प्रोत्साहित गर्न नर्भिकले विशेष प्याकेज घोषणा गरेको हो ।
मधुमेह जाँचको विशेष प्याकेज विश्व मधुमेह दिवसको दिन सहुलियत दरमा खरीद गर्न सकिने अस्पतालले जनाएको छ ।
विश्व मधुमेह दिवस नोभेम्बर १४ को दिन पर्छ । सो दिन नर्भिकमा आएर वल्र्ड डायबिटिज डे प्याकेज लिन चाहनेले रु. ६ हजार तिरे पुग्छ । यो शुल्कमा रेन्डम ब्लड सुगर, एचबीए वानसी, एसजीओटी, एसएसजीपीटी, जी जीटी, यूरिया, क्रेटिनाइन, लिपिड प्रोफाइल, यूरिक एसीड, सीआरपी, इएसआर, र सीबीसी जस्ता परीक्षणहरु हुनेछन् ।
सामान्य अवस्थामा यी सबै परीक्षण गर्दा १० हजार हाराहारी तिर्नुपर्ने हुन्छ । मधुमेह दिवसको दिन १० हजार हाराहारी पर्ने परीक्षणलाई ६ हजारमा सीमित गरी प्याकेज तयार गरिएको हो ।
नर्भिकले विश्व मधुमेह दिवसको दिन मधुमेह रोग विशेषज्ञ डा. डिना श्रेष्ठको निःशुल्क कन्सलट्यान्ट सेवा समेत संचालन गर्नेछ । कुनै पनि व्यक्तिको रिपोर्ट असामान्य आएको खण्डमा मात्र डा. श्रेष्ठको कन्सलट्यान्ट सेवा निःशुल्क हुने शर्त राखिएको छ ।
यसैगरी, नर्भिक अस्पतालले विश्व मधुमेह दिवसको अवसर पारेर हाईब्लड सुगरको संभावित समस्या पत्ता लगाउने उद्देश्यले एचबीए वान सी परीक्षणमा समेत छुटको अफर सार्वजनिक गरेको छ । एचबीए वानसी तीन महिनाको सुगर लेभल जाँच गर्ने परीक्षण विधि हो । यो परीक्षण गर्दा लाग्ने शुल्कमा पनि नर्भिकले २५ प्रतिशत छुटको घोषणा समेत गरेको छ ।

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com