चिनबाट हालसम्म ३४ लाख डाेज अनुदानमा खाेप आयाे :मन्त्री खतिवडा


काठमाडौं  । स्वास्थ्य तथा जनसंख्या मन्त्री विराेध खतिवडाले चिनबाट आएकाे खाेपकाे चाडै प्रयाेगमा ल्याउने बताए । मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत उनले चिन सरकारले गरेकाे सहयोग प्रती आभार प्रकट गरे । मन्त्री खतिवडाले चिनबाट हाल सम्म ३४ लाख डाेज भेराेसेल खाेप अनुदानबाट आएकाे बताए । त्यस्तै  चिनबाट १ कराेड खिरद मार्फत आएकाे र काेभ्याक्स सुबिधा मार्फत
१० लाख २० हजार डाेज आएकाे जानकारी गराए  । स्वास्थ्य सचिव डा राेशन पाेखरेलले चिन सरकारले नेपाललाइ खाेप लगायत स्वास्थ्य सामग्रीमा गरेकाे सहयाेग सर्हानिय रहेकाे भन्दै प्रशंसा गरे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com