श्रीलंकाले किन खोज्यो लुम्बिनीमा अस्पताल बनाउन?


काठमाडौं । श्रीलंकाले नेपालको लुम्बिनीमा ३० बेडको अस्पताल बनाउन खोजेको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग श्रीलंकाका राष्ट्रपति गुटावाया राजापाक्षले लुम्बिनीमा अस्पताल निर्माण गर्नका लागि प्रस्ताव गरेका छन् ।

स्कटल्याण्डको ग्लास्गोमा प्रधानमन्त्री देउवासँगको भेटमा राष्ट्रपति राजापाक्षले लुम्बिनीमा ३० बेडको अस्पताल बनाउन दिन अनुमति मागेका हुन् ।

लुम्बिनीमा विभिन्न देशले बौद्ध गुम्बा बनाउँदै आएका छन् । नेपाल सरकारले ती देशलाई गुम्बा बनाउन अनुमति र जग्गा उपलब्ध गराउँदै आएको छ । श्रीलंकाले पनि लुम्बिनीमा छुट्टै गुम्बा बनाएको छ ।

पर्यटन मन्त्रालयका एक उच्च अधिकारकाअनुसार बौद्ध धर्मावलम्बीहरूले बाहुल्यता रहेको श्रीलंकाले बुद्धको जन्मभूमि लुम्बिनीमा अस्पतालसमेत खोल्न चाहेको हो । बुद्ध जन्मिएको ठाउँमा अस्पताल खोलेर त्यहाँ बच्चा जन्माउन  नेपाल आउने चाहना श्रीलंकाका धेरै नागरिकको रहेको छ । त्यसैले श्रीलंकाले लुम्बिनीमा अस्पताल बनाउन चाहेको पर्यटन मन्त्रालयका ती उच्च अधिकारीले स्वास्थ्य लाइभलाई बताए ।

लुम्बिनीमा अस्पताल बनाउने श्रीलंकाका राष्ट्रपति राजापाक्षको प्रस्तावमा देउवाले सकारात्मक प्रतिक्रिया दिएका छन् । श्रीलंकालाई लुम्बिनीमा अस्पताल बनाउन दिने प्रस्तावमा प्रधानमन्त्री देउवाले ‘ग्रीन सिग्नल’ दिइसकेकाले छिट्टै टुंगोमा पुग्ने सम्भावना रहेको उनको भनाइ छ । प्रधानमन्त्री देउवा आजै स्वदेश फर्किसकेका छन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com