मेडिकल एस्पायरेन्टस् लाइब्रेरीद्धारा एक महिने अनलाइन प्रतियोगिता सम्पन्न


काठमाडौं । मेडिकल एस्पायरेन्टस् लाइब्रेरीले एक महिने जनचेतना मूलक अनलाइन प्रतियोगिता आयोजना गरेको छ । विश्व मानसिक स्वास्थ्य दिवस, २०२१ को उपलक्ष्यमा “मेन्टल हेल्थ म्याटर्स“ को नारा सहित एक महिने जनचेतना मुलक अनलाइन प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

चिकित्सा शिक्षा प्रवेश परिक्षाको तयारीमा रहेका विद्यार्थी र मेडिकल शिक्षा अध्ययनरत विद्याथीेहरुले यो प्रतियोगिता गरिएको हो । पढाईको बोझ, परिवारको अपेक्षा र महंगो मेडिकल शिक्षाले पर्न गएको मानसिक रोगको जोखिमबारे आवाज उठेको छ ।

यस कुरालाई ध्यानमा राख्दै “स्टडी सुल्ड बी फन (अध्ययन रमाइलो हुनुपर्छ!)“ नाराका साथ काम गरिरहेका मेडिकल एस्पायरेन्टस् लाइब्रेरीले विश्व मानसिक स्वास्थ्य दिवस, २०२१ को उपलक्ष्यमा “मेन्टल हेल्थ म्याटर्स“को नारा सहित एक महिने जनचेतना मुलक अनलाइन प्रतियोगिता आयोजना गरेको जनाएको छ ।
यस प्रतियोगिताको मुख्य उदेश्य मेडिकल प्रवेश परिक्षा र मेडिकल शिक्षा लिदै गरेका विद्यार्थी समुहलाई मानसिक स्वास्थ्य महत्वबारे जनचेतना दिनु थियो ।कार्यक्रमलाई प्रिन्स ठाकुर, शुभम श्रेष्ठ, सुरज साह, सागर पन्थी, कुशल मरहट्टा, नवराज गुप्ता लगायतले सहजिकरण गरेका छन् ।

त्यस्तै कार्यक्रम आयोजनामा मेडिकल एस्पायरेन्टस् लाइब्रेरी टिमलाई “समिक्षा प्रकाशन, सोसाईटी अफ मेडिकल स्टुडेन्ट्स, टिम टार्गेट २०० र डाक्टरस् लाइब्रेरीले” साथ दिएको थियो । यस कार्यक्रममा ७० जना भन्दा बढी विद्यार्थीहरुले भाग लिएका थिए । सहभागी मध्ये चार जना विजेता छानिएका छन् ।

विजेता भएकाहरु

  • सरु घिमिरे
    महाराजगन्ज मेडिकल कलेज
  • सृष्टि रोय चौधरी
    नेसनल ईन्टरनेशनल कलेज
  • पुज बिशुन्खे
    मनमोहन मेमोरिअल इन्स्टिटिउट अफ हेल्थ साइन्स
  • आलिया साहिन
    मोडेल मल्टिपल कलेज
क्याटेगोरी : जीवनशैली, समाचार
ट्याग : ##“मेन्टल हेल्थ म्याटर्स“, ##स्टडी सुल्ड बी फन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ