कोरोनाको मोल्नुपिराभीर ट्याब्लेट औषधि प्रयोग गर्न अनुमति, नेपालमा कहिले आउला ?


काठमाडौं । मुखबाट खाने कोरोना भाइरसबिरुद्धको औषधिका रुपमा मोल्नुपिराभीर ट्याब्लेट प्रयोग गर्न बेलायत सरकाले अनुमति दिएको छ । उक्त ट्याब्लेट औषधि हाललाई  बेलायतमा  मात्र प्रयोग गर्न अनुमति दिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकन कम्पनी मर्कले उत्पादन गरेको कोभिड-१९ बिरुद्धको मोल्नुपिराभीर ट्याब्लेट औषधि अब बेलायतभर प्रयोग हुनेछ । यो कतिको प्रभावकारी छ भन्ने कुराको नतिजा चाहिं अहिलेसम्म आइसकेको छैन ।

फाइजर भन्ने अमेरिकन कम्पनीले बनाएको मुखबाटै खाने ट्याब्लेट ८९ प्रतिशत प्रभावकारी रहेको दाबी उक्त कम्पनीले गर्दै आएको छ । अस्पताल भर्ना हुने दर तथा मृत्युदरलाई पिल्सले ८९ प्रतिशत घटाएको कम्पनीले दाबी गरेको हो । अमेरिकाको खाद्य तथा औषधि व्यवस्था निकाय (युएस एफडिए)सँग फाइजरले उत्पादित ट्याब्लेट प्रयोगको अनुमति मागेपनि पाइसकेको छैन ।

फाइजर कै जस्तो मर्क कम्पनीले उत्पादन गरेको ट्याब्लेट औषधि प्रयोग गर्न बेलायतले अनुमति दिइसकेपनि फाइजरले एफडिएबाट ट्याब्लेट खोप प्रयोगको अनुमति पाउन सकेको देखिँदैन । फाइजरले दाबी गरेजस्तै कोरोना भाइरसबिरुद्ध यो ट्याब्लेट औषधि प्रभावकारी देखिएको खण्डमा विश्वमा नयाँ उत्साह थपिने देखिन्छ ।

कोभिड-१९ बिरुद्धको उत्पादित खोप विश्वका शक्तिशाली देशले प्रयोग गरेपछि मात्र नेपालले पाएको थियो । नेपालले एक तिहाइ नागरिकलाई मात्र अहिले खोप लगाएको छ । त्यसैले ट्याब्लेट औषधि तत्काल आउन सक्ने सम्भावना छैन ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com