छिमेकी मित्र राष्ट्र भारत-चीन दुबैको राजधानीमा उच्च प्रदूषण


काठमाडौं । भारत र चीन दुबै छिमेकी मित्र राष्ट्रको राजधानीमा उच्च प्रदूषण भएको छ । भारतको राजधानी नयाँदिल्ली र चीनको राजधानी बेइजिङमा उच्च प्रदूषण देखा परेको हो ।

दिल्ली र बेइजिङको आकाश एकैसाथ तुँवालोले ढाकेको छ ।  प्रदूषणका कारण तुँवालो देखा पर्दा बेइजिङमा गगनचुम्बी भवनहरु देखिन छाडेका छन् । दिल्लीमा पनि  तुँवालोले बाटो नै नदेखिने अवस्था आएको छ ।

भारतको राजधानी नयाँदिल्लीमा देखिएको प्रदूषण

जलवायु परिवर्तनको मार दुबै छिमेकी मित्र राष्ट्रका राजधानीले खेप्नु परेको छ । यसको असर नेपालको राजधानी काठमाडौंमा पनि पर्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा देखिएको प्रदूषण

दुबै छिमेकी मित्र राष्ट्रको राजधानीमा एकसाथ वायु प्रदूषण हुँदा नेपालको राजधानीमा भने हाललाई त्यस्तो असर परेको देखिँदैन ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com