रसिद नै नदिई पैसा लिने कर्मचारी भाइरल


काठमाडौं । रसिद नै नदिई पैसा असुल्ने एकजना सरकारी कर्मचारीको भिडिओ भाइरल भएको छ ।

खल्तिमा ५०-५० को पैसा राखेको भन्दै सेवाग्राहीले के को पैसा हो रसिद दिनु न भन्छन् । तर ति कर्मचारीले पैसा राखेको छैन भन्दै टार्न खोज्छन् । बाहिरबाट दबाब दिएपछि प्रतिलिपिको हो के प्रतिलिपिको भन्ने जवाफ कर्मचारीबाट आउँछ । कर्मचारीले रसिद दिन अबेला भयो भन्छन् । सेवाग्राहीले पैसा लिने बेलामा अबेला हुँदैन रसिद दिने बेलामा अबेला भन्दै प्रश्न तेर्साएपछि कर्मचारीले पनि तपाईं कहाँ मिडियाबाट हो हजुर भनेर प्रश्न सोध्छन् ।

रसिद नदिइ पैसा लिनु ”इलिगल’ भयो कि भएन भनेर अर्को प्रश्न सोधेपछि कर्मचारी एकछिन नाजवाफ हुन्छन् । एकछिनपछि कर्मचारीले रसिद काट्दिन्छु भन्छन् । सेवाग्राहीले रसिदको विषयमा थप सवाल उठाएपछि कर्मचारी अल्मलमा देखिन्छन् ।

यद्यपि यी कर्मचारी को हुन भन्ने पहिचान खुलिसकेको छैन । तर, बद्मासीको पाटो भने खुलेको छ । यो भिडिओको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ति कर्मचारीमाथि अनुसन्धान गर्न सक्ने आधार भने देखिन्छ ।

क्याटेगोरी : अन्तर्वार्ता, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com