सार्क राष्ट्रमा कोरोना नियन्त्रणमा भुटान अगाडि, नेपाल पछ्‌याउँदै


काठमाडौं । सार्क सदस्य राष्ट्रमा कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा भुटान अगाडि देखिएको छ ।

भुटानमा कोरोना संक्रिमत निको हुने दर सार्क राष्ट्रमै अगाडि देखिएको हो । भुटानाबाट कोरोना संक्रमित ९९.६ प्रतिशतले निको भएका छन् । मृत्यु हुनेको संख्या ०.३ प्रतिशत रहेको छ ।

भुटानपछि भारतले पनि कोरोना नियन्त्रण तथा रोकथाममा उलेख्यम प्रगति गरेको देखिन्छ । भारतमा कोरोना भाइरस संक्रमित निको हुने दर ९८. २ प्रतिशत रहेको छ ।

भारतपछि माल्दिभ्स र नेपालको कोभिड १९ रोकथाम तथा नियन्त्रणमा राम्रो प्रयास देखिन्छ । माल्दिभ्सको कोभिड संक्रमित निको हुने दर ९७.६ प्रतिशत रहेको छ भने नेपालको संक्रमित निको हुने दर ९७.४  प्रतिशत छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com