कोरोनाले तिहारमा पहिला जस्तो रौनकता देखिएन


काठमाडौं । २०७८ सालको चाड तिहारमा पहिलाको जस्तो रौनकता देखिएन । नेपाली हिन्दुहरुको दसौंपछिको दोस्रो ठूलो चाड तिहारलाई कोरोनाले प्रत्यक्ष असर गरेको हो ।

कोरोन (कोभिड १९) का कारण कतिपयले आफन्त गुमाएर त कतिपय संक्रमित भएका कारणले पनि अन्य बेलाभन्दा यसपालिको तिहारमा रौनकता हराएको हो ।

राज्यको महत्त्वपूर्ण जिम्मेवारीमा रहेकै स्वास्थ्यकर्मीहरुले समेत तिहार नमनाएका कारण पहिलाझैं रमाईलो भएन । देउसी-भैलो खेल्न पनि सरकारले कोरोनाको कारण देखाउँदै कडाई गर्‍यो । ९ बजेसम्म मात्र देउसी-भैलो खेल्ने पाउने प्रशासनको नियमले पनि धेरै मान्छे देउसी-भैलोको रमाईलोमा गएनन् । त्यसले पनि तिहारको रौनकता घटाएको चर्चा हुन थालेको छ ।

प्रधानमन्त्रीदेखि सिडिओसम्मले स्वास्थ्य मापदण्ड पालना गरेर तिहार मनाउन सन्देश प्रवाह गरे । त्यसले पनि तिहारको रौनकता घटाएको हो । कोरोना कै कारण विदेशबाट भाइटीका लगाउन तथा तिहार मनाउन नेपाल आउने संख्या पनि पहिलाको भन्दा घटेको अध्यागमनका अधिकारीहरू बताउँछन् ।

काठमाडौंका गल्ली चौकतिर भेला भएर रमाइलो गर्नेहरुमा पनि पहिलाको तिहारमा जस्तो उत्साह छाएको पाइएन । कोरोना भाइरसको प्रभाव तिहारमा स्पष्ट देखिएको छ । रौनकता हराएको यसपटकको तिहार हामीबाट बिदा भएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com