युरोपमा कोरोना फैलिएसँगै बेलायतमा ट्याब्लेट औषधि खुवाउन थालियो 


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले युरोपमा फेरि कोरोना भाइरस नयाँ रुपमा फैलिन थालेको जनाएको छ । खोप लगाइसकेका युरोपेली देशहरुमा पनि कोभिड- १९ पुन: फैलन थालेपछि सतर्क रहन डब्लुएचओले चेतावनी दिएको छ ।

नेपाल जस्ता देशमा पछिल्लो समय दसैँ, तिहार जस्ता चाडपर्वमा पनि कोरोना फैलिएन । स्वास्थ्य मन्त्रालयको पछिल्लो रिपोर्टले नेपालमा कोरोना संक्रमितको संख्या ह्वातै घटेको देखाएको छ । तर, युरोपेली देशमा कोरोना संक्रमण पुनः फैलिएको डब्लुएचओले पुष्टि गरेको हो ।

युरोपमा कोरोना फैलिएसँग बेलायतमा मुखबाट खाने कोरोना भाइरसबिरुद्धको औषधि मोल्नुपिराभीर ट्याब्लेट व्यापक रुपमा प्रयोग हुन थालेको छ । कोरोना फैलन थालेपछि अमेरिकन कम्पनी मर्कले उत्पादन गरेको कोभिड-१९ बिरुद्धको मोल्नुपिराभीर ट्याब्लेट औषधि बेलायतमा ब्यापक प्रयोग गरिएको हो । बेलायती सञ्चार माध्यमकाअनुसार युरोपमा कोरोना फैलिन थालेपछि बेलायतभर उक्त ट्याब्लेट औषधि कोरोना संक्रमित बिरामीलाई दिइएको हो ।

यता फाइजर कम्पनीले उत्पादन गरेको मर्कको जस्तै ट्याब्लेट औषधि युरोपेली देशमा पठाउने दाउ हेरिरहेको छ ।  फाइजरले अस्पताल भर्ना हुने दर तथा मृत्युदरलाई पिल्सले ८९ प्रतिशत घटाएको कम्पनीले दाबी गरेपनि युएस एफडिए प्रयोगको अनुमति दिइसकेको छैन ।

बेलायतले मोल्नुपिराभीर ट्याब्लेट औषधि प्रयोगको अनुमति दिएसँगै फाइजरले पनि युरोपेली देशलाई लक्षित गरेर कोरोनाबिरुद्धको औषधि आपूर्ति गर्न चलखेल थालेको हो ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com