जुवाडे कांग्रेस सभापति लामालाई सुटुक्क अस्पतालमा राखियो


काठमाडौं । बौद्धस्थित जुवाको खालबाट समातिएका  कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामालाई सुटुक्क अस्पताल लगिएको छ । नेपाली कांग्रेसका शीर्ष नेताहरुको दबाबमा उनलाई अस्पतालको सुविधा सम्पन्न बेडमा भर्ना गरिएको हो ।

प्रहरीले कांग्रेसका जुवाडे नेता लामालाई नेकपा एमालेका नेता बसरुद्धिन अन्सारीले हालै खरिद गरेको जोरपाटीस्थित नेपाल मेडिकल कलेज एवं शिक्षण अस्पतालमा भर्ना गरेको छ ।  उनको कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग हिमचिम रहेको देखिन्छ ।

पछिल्ल समय टन्न पैसा हुने पहुँचवालाहरुलाई प्रहरीले हिरासतमा नराखी अस्पताल लगेर सुविधा सम्पन्न रुम तथा बेडमा आराम गर्न दिने गरेको छ । ४ दिन तिहारको विदा भएकाले लामोसमय प्रहरीको हिरासतमा बस्नु पर्ने भएपछि लामालाई अस्पतालमा लगेर राखेको पाइएको छ । ब्लड प्रेशर हाई भएको कारण देखाउँदै अनलाई हिरासतमा नराखी अस्पतालमा राखिएको हो ।

पूर्व सञ्चारमन्त्री पार्वत गुरूङ सभापति लामासँग अस्पतालमा

पदीय हैसियतमा रहेका व्यक्तिहरू प्रहरीको फन्दामा पर्दा हिरासतमा बस्न छाडेर बिरामीको बाहनामा अस्पताल भर्ना हुने गर्छन् । अख्तियारले मुद्दा हाल्दा पनि अभियुक्तहरु प्रहरी हिरासतमा नबसी विभिन्न बाहनाबाजी गरेर अस्पताल रोज्ने गरेका प्रशस्तै उदाहरण छन् । जुवाडे कांग्रेसका नेता लामाले पनि त्यहिँ जुक्ति निकालेको प्रहरी अधिकारीहरू बताउँछन् ।

क्याटेगोरी : जीवनशैली, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com