न्युजिल्याण्डमा प्राण घातक दीर्घरोगीले इच्छा मृत्यु रोज्न पाउने


काठमाडौं । न्युजिल्याण्डमा दीर्घरोगीले इच्छा मृत्यु रोज्न पाउने गरी कानुन ल्याएको छ ।

न्युजिल्याण्डमा इच्छा मृत्युसम्बन्धी कानुनले मान्यता पाएसँगै प्राण घातक रोग लागेका र दीर्घरोग लागेकाले इच्छा मृत्यु रोज्न पाउने भएका हुन् । तर त्यसका लागि चिकित्सकको सहमतिलाई अनिवार्य गरिएको छ ।

इच्छा मृत्यु रोज्ने व्यक्तिलाई ६ महिना भन्दा बढी बचाउन नसकिने अवस्थामा दुई चिकित्सकको सहमतिमा त्यस्ता बिरामीले इच्छा मृत्यु रोज्न सक्ने गरी न्युजिल्याण्डमा इथेनसिया (इच्छा मृत्यु)ले  कानूनी मान्यता पाएको हो ।

नेपालमा पनि इच्छा मृत्युले कानुनी मान्यता पाउनु पर्ने आवाज बेलाबेला-बेलामा उठ्ने गरेको छ । तर नेपाल जस्तो देशमा इच्छा मृत्युलाई कानुनी मान्यता दिने कुरा निकै जटिल देखिन्छ ।

क्यानडा, अष्ट्रेलिया, नेदरल्याण्ड, कोलम्बिया,  स्पेनलगायतका देशमा इच्छा मृत्युले यसअघि नै कानुनी मान्यता पाइसकेको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com