उपचार नगर्ने स्वास्थ्यकर्मीको तलब काट्दै गाउँपालिका अध्यक्ष


काठमाडौं । कालिकोटको पलाँता गाउँपालिकाका अध्यक्ष  लक्ष्मण बहादुर बमले बिरामीको उपचार नगर्ने स्वास्थ्यकर्मीको तलब काट्ने बताएका छन् ।

गाउँपालिका अन्तर्गतको थिर्पु स्वास्थ्य चौकीमा सुत्केरीले उपचार नपाएपछि अध्यक्ष बमले स्वास्थ्यकर्मीको तलब काट्ने घोषणा गरेका हुन् । अस्पताल नै खाली गरेर स्वास्थ्यकर्मीहरु हिडेकाले बिरामीले सास्ती खेप्नु परेको बताउँदै उनले अनुगमनमा जाँदा नभेटिएका स्वास्थ्यकर्मीको तलब काटिने बताए ।

कर्मचारीले उपचार नदिएपछि राज्यले तलब दिने कुरामा पनि सोच्नु पर्ने अवस्था आएको अध्यक्ष बमको भनाइ छ । थिर्पु स्वास्थ्य चौकीमा बिरामीको सेवा नगर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीको कार्तिक महिनाको तलब काटेर सुत्केरी कक्षको व्यवस्थापन गर्ने उनको घोषणा छ ।

 

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com