नेपाल कै पहिलो ‘फाइभ स्टार’ अस्पतालका मालिकसँग प्रधानमन्त्रीको ‘डिनर’


काठमाडौं । नेपाल कै पहिलो पाँच तारे अर्थात् फाइभ स्टार अस्पतालका रुपमा परिचित नर्भिकको मुख्य लगानीकर्ता विनोद चौधरीको घरमा डिनर गरेर प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार फर्किएका छन् ।

बालुवाटार उच्च स्रोतकाअनुसार प्रधानमन्त्री देउवा रविभवनमा रहेको चौधरी निवासमा ‘डिनर’ गरेर बालुवाटार फर्किएका हुन् । साँझ ७ बजे रविभवनस्थित चौधरी निवासमा पुगेका प्रधानमन्त्री देउवा केहीबेर अघि मात्र बालुवाटर आइपुगेका छन् ।

नर्भिक अन्तर्राष्ट्रिय अस्पताल चौधरी (सिजी) ग्रुप अन्तर्गतको एउटा कम्पनी हो । नर्भिकमा चौधरी ग्रुपको संलग्नता भएकाले विनोद चौधरी पनि नर्भिक अस्पतालसँग जोडिन्छन् । नेपालमै पहिलो फाइभ स्टार अस्पतालका रुपमा प्रचार गरिएको नर्भिक अस्पतालका मालिक चौधरीको निजी निवासमा प्रधानमन्त्रीले डिनर गरेपछि पुनः यो विषयले चर्चा पाएको छ ।

प्रधानमन्त्री देउवा कुन प्रयोजनका लागि चौधरी निवास छिरेका हुन् भन्ने विषय भने खुल्न सकेको छैन । उनले आज करिब दुई घण्टा समय चौधरी निवासमा विताएको खुल्न आएको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com