९ अर्बको फाइजरको खोप किन्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा


काठमाडौं । सरकारले झन्डै ९ अर्ब रुपैयाँको ६० लाख डोज  फाइजरको खोप किन्ने पक्रिया थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्च स्रोतकाअनुसार फाइजर कम्पनीले उत्पादन गरेको खोप किन्ने प्रस्ताव मन्त्रिपरिषद्मा आएको हो ।

स्वास्थ्य लाइभसँग कुरा गर्दै प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले फाइजरको ६० लाख डोज खोप किन्ने प्रस्ताव आएको पुष्टि गरे । फाइजर खोप खरिदको प्रस्ताव क्याबिनेटमा पेश गर्ने तयारी भइरहेको उनले स्वास्थ्य लाइभलाई जानकारी दिए ।

फाइजरको बालबालिकालाईसमेत प्रयोग गर्न मिल्ने खोप सरकारले ल्याउने पक्रिया थालेको हो । त्यसका लागि मन्त्रिपरिषद्बाट निर्णय गराएर स्वास्थ्यलाई अधिकार प्रत्यायोजन र बाधा अड्काउ फुकाउने तयारी भइरहेको छ ।

सरकारले फाइजरको खोप किन्न गोप्य सम्झौता ‘नन-डिस्क्लोजर अग्रीमन्ट’ गरेको भनिएपनि फाइजरको खोप प्रतिडोज ६ डलर मूल्यमा खरिद गर्ने लगभग निश्चित भएको स्रोतको दाबी छ ।

कोभ्यास कार्यक्रमअन्तर्गत लागत साझेदारी (कष्ट सेयरिङ)मा सरकारले फाइजरको खोप खरिद गर्न लागेको हो । कष्ट सेयरिङमा किन्ने भएकाले सरकारले ४ देखि साढे ४ अर्ब मात्र तिर्नुपर्नेछ । तर, फाइजर कम्पनीले अग्रीम भुक्तानीका लागि बैंक ग्यारेन्टी मागेको छ । त्यसका लागि पनि स्वास्थ्यले मन्त्रिपरिषद्बाट निर्णय गराएर पक्रिया अगाडि बढाउन खोजेको प्रधानमन्त्री कार्यालयका ति अधिकारीको भनाइ छ ।

सरकारले विश्व बैंकमार्फत नै फाइजरको उक्त खोप खरिद गर्न खोजेको हो । यो विषयमा निर्णय भएर तत्काल पक्रिया अगाडि बढ्ने उनको विश्वास छ ।

 

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com