चिकित्सकले मापसे गरेको रिपोर्ट दिएका पर्यटन बोर्डका सिईओ रेग्मीले थप्पड हाने


काठमाडौं । पर्यटन बोर्डका सिईओ धनञ्जय रेग्मीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वितण्डा मच्चाएको घटना गोप्य राख्न प्रयास भएको पाइएको छ ।

चिकित्सकले मादक पदार्थ सेवन (मापसे) गरेको रिपोर्ट दिएपनि त्यो घटना गोप्य राखेको पाइएको हो । अधिक मदिरा सेवन गरेर ६ बोतल ड्युटी फ्रीमा किनेको मदिरा ल्याएका रेग्मीले विमानस्थलमा चेकजाँकको क्रममा वितण्डा मच्चाएको पाइएको छ । विमानस्थल भन्सारमा ड्युटीमा रहेका कर्मचारी सुमन थापालाई उनले थप्पड हानेको खुल्न आएको छ । भन्सार विभागका महानिर्देशक नारायण सापकोटले रेग्मीको निर्देशन रेग्मीलाई कारबाही गरिएको हो ।

विदेशबाट आउने व्यक्तिले एक १ लिटर मात्र मदिरा ल्याउन पाउनेमा रेग्मीले ६ लिटर ल्याएपछि विवाद उत्पन्न भएको थियो । मदिराले  लठ्ठ मातिएका रेग्मीले भन्सारका कर्मचारीलाई थप्पड हानेका हुन् । अभद्र व्यवहारमा मुद्दा चलाउनु पर्ने सिईओ रेग्मीलाई ५ हजार रुपैयाँ जरिवाना गरेर छोडिएको पाइएको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com