९ अर्ब मूल्य बराबारको फाइजरको खोप किन्न स्वास्थ्यलाई अनुमति


काठमाडौं । मन्त्रिपरिषद्को बैठकले झन्डै ९ अर्ब रुपैयाँको ६० लाख डोज फाइजरको खोप किन्ने स्वास्थ्य मन्त्रालयको प्रस्तावलाई स्वीकृत गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ६० लाख ९ सय डोज फाइजर कम्पनीले उत्पादन गरेको खोप किन्ने प्रस्ताव आएकोमा मन्त्रिपरिषद्को बैठकले त्यसलाई स्वीकृति प्रदान गरेको एक मन्त्रीले स्वास्थ्य लाइभलाई जानकारी दिए । योसँगै फाइजरको बालबालिकालाईसमेत प्रयोग गर्न मिल्ने फाइजरको खोप ल्याउन बाटो स्वास्थ्यलाई खुला भएको छ । ति मन्त्रीकाअनुसार मन्त्रिपरिषद्ले स्वास्थ्यलाई खोप खरिदका लागि अधिकार प्रत्यायोजन र बाधा अड्काउ फुकाउ गर्ने निर्णयसमेत गरेको हो ।

सरकारले फाइजरको खोप किन्न गोप्य सम्झौता ‘नन-डिस्क्लोजर अग्रीमेन्ट’ गरेको भनिएपनि फाइजरको खोप प्रतिडोज ६ डलर मूल्यमा खरिद गर्ने तयारी भएको मन्त्रिपरिषद् उच्च स्रोतको दाबी छ ।

कोभ्यास कार्यक्रमअन्तर्गत लागत साझेदारी (कष्ट सेयरिङ)मा सरकारले फाइजरको खोप खरिद गर्न लागेको हो । कष्ट सेयरिङमा किन्ने भएकाले सरकारले ४ देखि साढे ४ अर्ब मात्र तिर्नुपर्नेछ । तर, फाइजर कम्पनीले अग्रीम भुक्तानीका लागि बैंक ग्यारेन्टी मागेको छ । त्यसका लागिसमेत मन्त्रिपरिषद्को बैठकले स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।  सरकारले विश्व बैंकमार्फत फाइजरको उक्त खोप खरिद गर्न लागेको हो ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com