स्वास्थ्य सेवामाझैं निजामतीमा पनि ६० वर्षे उमेर हद लागू हुँदै


काठमाडौं । सरकारले स्वास्थ्य सेवामाझैं निजामतीमा पनि ६० वर्षे उमेर हद लागू गर्ने तयारी गरेको छ ।

अध्यादेशमार्फत ल्याउन खोजेको संघीय निजामती सेवा ऐनमा कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष बनाउन खोजिएको हो । यसअघि निजामती सेवा ऐन, २०४९ मा कर्मचारीको अनिवार्य अवकाशको उमेश हद ५८ वर्ष तोकिएको थियो ।

स्वास्थ्य सेवा ऐनमा कर्मचारीको अनिवार्य अवकाशको उमेश हद ६० वर्ष तोकिएको छ । त्यसैलाई आधार मानेर निजामती सेवाका कर्मचारीको पनि ६० वर्ष उमेर हद लागू गर्न खोजिएको हो । यही व्यवस्थासहित अध्यादेश जारी भए स्वास्थ्यसरह निजमतीमा पनि ६० वर्षे लागू हुन्छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले निजामती सेवाका कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष लागू गर्न खोजिएको पुष्टि गरे । सरकारले लामो समयदेखि संसदमा अड्किएको प्रस्तावित संघीय निजामती सेवा ऐनलाई संसदबाट फिर्ता लिएर अध्यादेशमार्फत ल्याउने तयारी गरेको हो । शिक्षक सेवामा पनि ६० वर्षे उमेर हद नै लागू छ ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com