काठमाडौंमा फेरि कडाई, घरबाहिर जम्मा हुन नपाईने

चाडपर्वहरु पनि सांकेतिक रुपमा मात्रै मनाउन आदेश


काठमाडौं । जिल्ला प्रसाशन कार्यालय काठमाडौंले आज राति १२ बजेदेखि लागू हुने गरी फेरि कडाई गरेको छ । प्रशासनले अनावश्यक रूपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाइएको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ।

अर्को आदेश नभएसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो। कोभिड १९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि सांकेतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ।

 यस्तो छ सिडिओको आदेश

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ