कोरोना कहरपछि बेहुलीझैँ देखियो कमलपोखरी


काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलिएका कारण पोहोर साल काठमाडौंमा छठ पर्व मनाउन पाएनन् । यो पटक भने कमलपोखरीमा छठ पर्व व्यवस्थित रुपमा मनाइएको छ ।

कोरोनाको संक्रमणले गर्दा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएकाले पोहोर काठमाडौंमा दसैं, तिहार र छठको रमझम थिएन । कोरोना कहरपछि कमलपोखरी छठको दिन बेहुलीझैँ देखियो ।

काठमाडौंमा स्वास्थ्य मापदण्ड पालना गर्दै दूरी कायम र मास्कको प्रयोग गरेर छठ पर्व मनाइएको छ । पहिला भन्दा मानिसहरू सचेत देखिएका छन् । भिडभाड पनि त्यति देखिएन । कोरोनाले चाडपर्व मनाउने शैली पनि परिवर्तन गराएको छ ।

कोरोनाको डरले हुन सक्छ छठमा पहिलाको जस्तो भक्तजन कमलपोखरी र गुहेश्वरीमा देखिएनन् ।

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com