स्विजरल्याण्डले दिएको ४ लाख ९२ हजार डोज एस्ट्राजेनेका खोप आइपुग्यो 


काठमाडौं ।  स्विजरल्याण्ड सरकार र को भ्याक्स सहयोग गरी ४ लाख ९२ हजार डोज एस्ट्राजेनेका खोप आइपुगेको छ ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाबाट टेकु लगेर उक्त खोप राखिएको हो । कतार एयरको जहाजमार्फत उक्त खोप आएको हो ।

कोभ्याक्स कार्यक्रम र सहयोग गरी ४ लाख ९२ हजार डोज खोप आएको खोप  व्यवस्थापनको जिम्मेवारी पाएका बोडे बाबु थापाले बताए ।

विमानस्थलबाट टेकुसम्म खोप लगेर व्यवस्थापन गर्नका लागि थापा, ओमप्रसाद उपाध्ययसाहितका खोपका कर्मचारी  मध्यरातमा पनि खटिएका छन् । खोप व्यवस्थापनमा खटिएका उपाध्यायले स्विजरल्याण्ड सरकार र कोभ्याक्स  सुविधा गरी दुई निकायको सहयोगमा उक्त खोप आएको जानकारी दिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com