कोरोनामा ‘भाग्ने’ मेडिकल विद्यार्थीलाई चीनले लिन मानेन्, व्यवस्थापनमा समस्या


काठमाडौं । कोरोनामा ‘भाग्ने’ मेडिकल विद्यार्थीलाई चीनले लिन नमानेपछि नेपाललाई समस्या परेको छ । चीनमा कोरोना भाइरस फैलिएपछि नेपाल सरकारले उद्धार गरेका र पछि आएका विद्यार्थीलाई चीनले फेरि लिन नमानेको हो ।

चीनले त्यहीं व्यवस्थापन गर्छु भन्दाभन्दै नेपाल ल्याएपछि फेरि ती विद्यार्थीलाई नलिने अडान लिएको छ । चीन सरकारले सुरुमै  देश छाड्ने विद्यार्थीलाई त्यहीं कोर्ष पूरा गर्न नदिने विषयमा जानकारी गराएको थियो । चीन सरकारको आदेश अवज्ञा गरेको भन्दै नेपाल आएका विद्यार्थीलाई फेरि लिन नमानेको हो ।

चीन सरकारले ति विद्यार्थी नलिने भएपछि सरकारलाई व्यवस्थापन गर्न समस्या भएको छ । पढ्दै नपढेका विद्यार्थीलाई इन्टर्नको भरमा लाइसेन्स दिनु पर्ने अवस्था सिर्जना भएको हो । सरकारले २०१४ र २०१५ ब्याचका विद्यार्थीलाई नेपालमै इन्टर्न गर्ने व्यवस्था मिलाइसकेको छ । अब २०१६ ब्याजका विद्यार्थीलाई इन्टर्न गराउन दबाब सुरु भएको छ । ६ वर्षको कोर्षमा झन्डै तीन वर्ष मेडिकल शिक्षा पढ्न बाँकी नेपाली विद्यार्थीलाई इन्टर्न कै भरमा लाइसेन्स दिनुपर्ने अवस्था सिर्जना भएको हो ।

मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीकाअनुसार २०१५ कै डेढ वर्ष कोर्ष बाँकी छ । कोर्ष नै नपढी इन्टर्नसिप कै भरमा लाइसेन्स लिएका ति विद्यार्थीले भविष्यमा दिने सेवामासमेत प्रश्न उठ्ने देखिन्छ । स्वास्थ्यमा गुणस्तरीय सेवाको कुरा उठिरहेको बेला यसले ठूलो समस्या निम्त्याउने नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीको भनाई छ ।

२०१६ मा चीनमा भर्ना भएका  करिब डेढ सय विधार्थीहरूले पनि आधा कोर्ष नपढी इन्टर्न गर्न दबाब दिएपछि भविष्यमा नेपालको चिकित्सा पेशामा हुने गुणस्तरमा नै प्रश्न उत्पन्न  हुने खतरा बढेको छ ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com