बर्खास्त हुन लागेका ‘किर्ते’ प्राध्यापक उपकुलपतिद्वारा कर्मचारी सरुवाको तयारी


काठमाडौं । ‘किर्ते’ प्राध्यापक तथा सरकारले कारवाही गर्न लागेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानका “मालदार” शाखाहरुमा व्यापक सरूवा गर्ने तयारी गरेका छन् । प्रतिष्ठान स्रोतकाअनुसार उपकुलपति गिरीले सरुवा गर्ने सूची नै बोकेर हिडेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत मिति २०७८ असोज १४ गते दैनिक कार्य संचालनबाहेक अन्य कार्य नगर्ने निर्देशनलाई अवज्ञा गरेको पाइएको छ ।  करिब १० करोडको उपकरण खरिद र विभिन्न विभागीय प्रमुखहरु परिवर्तनसमेत गरेका उपकुलपति डा. गिरीले सेटिङमा कर्मचारी सरूवा गरेर उठ्ती धन्दा चलाउन लागेको आशंका गरिएको छ ।

उपकुलपतिलाई उकास्ने गिरोह प्रतिष्ठानमा वर्षौदेखि उपकरण खरिद र विद्यार्थी भर्नामा सिन्डिकेट खडा गरेर वार्षिक करोडौं अपचलन गर्ने र जुनसुकै पदाधिकारी नियुक्त भएर आएपनि कब्जा गरेर राख्ने एउटा स्थायी गिरोह सक्रिय छ । यो गिरोहका शिक्षक हुन् वा कर्मचारी प्राय: सबै प्रतिष्ठान बाहिरको पार्टी राजनीतिमासमेत हावी छन् । जुन पार्टीको सरकार आयो त्यही पार्टीसँगग निकटता बढाउने गरेको स्रोतले बतायो ।

फरेन्सिक विभागका प्राध्यापक तथा वर्तमान डीन डा. सिवेन्द्र झा धरानमा माओवादी निकट हुन् भने उनको घर रहेको स्थान जनकपुरमा कांग्रेस कार्यकर्ताका भूमिकामा देखा पर्ने गर्छन् ।उनी वर्षौंदेखि कहिले परीक्षा डीन त कहिले शिक्षा डीन हुनुमा उनको विद्यार्थी भर्ना, आन्तरिक परीक्षा चलखेल गर्न सक्ने र जुन सुकै हदसम्मको चाकडी गर्न सक्ने क्षमतालाई पुरस्कृत गर्ने गरिएको प्रतिष्ठानका अधिकारीहरु बताउँछन् ।

खरिद शाखा प्रमुख सागर ताम्राकार आफ्नो कार्यकालको अधिकांश समय कि त खरिद शाखा कि स्टोर शाखाको प्रमुख रहेका व्यक्ति हुन् । ‘जुन उपकुलपति आए पनि उनैलाई खरिद शाखामा चयन गर्नु उनको कमाएर बुझाउन सक्ने क्षमता र कमाऊ शाखामा रहन आफ्नो सबै कुरा सुम्पन पनि पछी नहट्ने तथा सबै राजनैतिक दलको सदस्यता लिन सक्ने क्षमता ‘, एक चिकित्सकले स्वास्थ्य लाइभसँग भने ।

हाल चलिरहेको सुद्धिकरण आन्दोलनको कारण लेखा प्रमुखबाट हट्न बाध्य कमल रायमाझी तत्कालिन अख्तियार प्रमुख लोकमान सिंह कार्की, प्रदेश १ एमाले नेता हिक्मत कार्की र केपी ओली निकट इन्द्र भण्डारीका नातेदार हुन् । त्यस्तै राप्रपाका समर्थक र कांग्रेसका निकटसमेत रुपमा समेत उनी देेखा पर्ने गरेका छन् । कमललाई प्रतिष्ठानकै महिला चिकित्सकलाई यौन दुर्व्यवहार गरेको र प्रतिष्ठानको जग्गामा आफै घर बनाएर बसेकोसमेत आरोप छ ।

प्रतिष्ठानको कर्मचारी कल्याण समाजका अध्यक्ष तथा डेन्टल स्टोर प्रमुख उमेश थापा कांग्रेसका महासमिति सदस्यसमेत हुन् । प्रतिष्ठानका लेखा अधिकृत मोहन राई र सुनम दाहालले प्रतिष्ठानकै सीमित तलवमा करोडौंको चल अचल सम्पत्ति जोडेको प्रतिष्ठानका अधिकारीहरूको आरोप छ ।

‘विगत २० वर्षदेखि जुन उपकुलपति आए पनि यिनै सिमित व्यक्तिको कब्जामा रहेको प्रतिष्ठान एक वरिष्ठ कर्मचारीले स्वास्थ्य लाइभलाई सुनाए । उपकुलपति गिरीलाई उक्साउने पनि यिनीहरु र शिक्षक युनियन अध्यक्ष डा. अरुण सिंह रहेको ती चिकित्सकको भनाइ छ ।

उपकुलपति गिरीकोको सरूवा लिस्ट
➡️कमल रायमाझी- लेखा शाखा प्रमुख
➡️मदन शाह – इन्जिनियरिङ शाखा प्रमुख
➡️सागर ताम्राकार – प्रमुख
➡️उमेश थापा – डेन्टल स्टोर प्रमुख

➡️संजिव कर्ण -अधिकृत, कम्प्युटर शाखा
➡️संजय भट्टराई – मेडिकल स्टोर प्रमुख

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com