वीपी प्रतिष्ठानका पदाधिकारी बर्खास्त गर्न सिफारिस, केही दिनभित्रै सिनेट बोलाइने


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सबै पदाधिकारीलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाको संयोजकत्वमा गठित छानबिन समितिले वीपीका सबै पदाधिकारीलाई पदमुक्त गर्न सिफारिस गरेको हो ।

छानबिन समितिका सदस्य तिलक राईकाअनुसार प्रतिवेदनमा पहिला बनेका समितिका प्रतिवेदनले औंल्याएको विषयलाई पनि समेटेर वीपी प्रतिष्ठानका पदाधिकारी बर्खास्त गर्न सिफारिस गएिको बताए ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री एवं वीपी प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाले चाँडै सिनेट बोलाएर वीपीका पदाधिकारी बर्खास्त गर्ने धारणा राखेका छन् ।

‘प्रधानमन्त्रीज्यूले केही दिनभित्रै सिनेट बोलाएर वीपीका सबै पदाधिकारीलाई समितिको सिफारिस बमोजिम बर्खास्त गर्ने स्पष्ट पार्नुभएको छ । अबको केही दिनमै नतिजा देखिन्छ ।’, धरान उपमहानगरपालिकाका मेयरसमेत रहेका राईले भने ।

छानबिन समितिमा मन्त्री खतिवडासहित मेयर राई र स्वास्थ्य सचिव डा. रोशन पोखरेल सदस्य रहेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com