गाँजा अभियान्ता स्वास्थ्यमन्त्री भएपछि औषधि भन्दै गाँजा खोल्दै

भीम उपाध्यायको अभियानले सार्थकता पाउँला ?


काठमाडौं । गाँजा अभियान्ता बिरोध खतिवडा स्वास्थ्यमन्त्री भएपछि गाँजालाई औषधिको रूपमा लिगलाइज (वैध) गर्न जोडतोडले लागेका छन् । उनी गाँजालई  औषधिको रूपमा भन्दै प्रयोगमा खुला गर्न जोडतोडले लागेका हुन् ।

नेपालको मकवानपुर जिल्ला गाँजा खेतीका लागि उपयुक्त भएकाले त्यहीँ क्षेत्रबाट निर्वाचित सांसदसमेत रहेका मन्त्री खतिवडा जसरी भएपनि गाँजा खेतीलाई लिगलाइज गर्न लागिपरेका छन् । यसका लागि कानून संशोधन गर्न मन्त्रिपरिषद्को बैठकमासमेत कुरा राखेको उनको भनाई छ । अहिले कै कानुनमा गाँजा औषधिका रुपमा प्रयोग गर्नका लागि उत्पादन तथा व्यापार गर्न सक्ने प्रावधान राखे पुग्ने स्वास्थ्यमन्त्री खतिवडाको तर्क छ ।

गाँजा अभियान्ताका रुपमा परिचित स्वास्थ्यमन्त्री खतिवडाको मुख्य ध्यान नै गाँजालाई कसरी वैधानिकता दिन सकिन्छ भन्नेमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्च अधिकारीहरू बताउँछन् । उनले हरेक ठाउँमा गाँजालाई प्रोत्साहन गर्न कुरा राख्न थालेका छन् ।

अमेरिका, क्यानडा जस्ता देशमा पनि गाँजालाई लिगलाइज गरेकाले नेपालमा पनि लिगलाइज गरेर आर्थिक लाभ र औषधिको रुपमा प्रयोग गर्न पाउनु पर्ने बहस चलिरहेको छ । पूर्व सचिव भीम उपाध्याले सामाजिक सञ्जाल फेसबुकमार्फत गाँजालाई लिगलाइज गर्नु पर्ने अभियान चलाउँदै आएका थिए । त्यसलाई मुर्त रूप दिन स्वास्थ्यमन्त्री खतिवडा सक्रिय भएका छन् ।

पूर्व सचिव उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमार्फत जिल्ला- जिल्लामा ‘गाँजा सचेतना समूह’ नै गठन गरेका थिए । ‘गाँजा सचेतना अभियान’ भोजपुर भने जस्तै ७७ वटै जिल्लामा सामाजिक सञ्जालमार्फत गाँजा सचेतना समूह गठन गरेर  विशेष अभियानको सुरुवात गरेका थिए । अब स्वास्थ्यमन्त्री खतिवडाले कानुनमै लिगलाइज गरेर यो अभियानलाई सार्थकता दिन खोजेका छन् ।

यता गाँजा सचेतना अभियानका अभियान्ता पूर्व सचिव उपाध्याय भने अध्यादेश ल्याएर नेपालमा गाँजालाई वैधानिकता दिनुपर्ने बताउँछन् । साथै गाँजा कसुरमा सजाय पाएका कैदीहरूको कैद मिनाह गर्नुपर्ने उनको सुझाव छ ।

 

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com