स्वास्थ्यमा प्रमुख विशेषज्ञ बढुवा बैठक भोलि, यी हुन् मुख्य दाबेदार


काठमाडौं । लामो समयदेखि रिक्त रहेको स्वास्थ्यको प्रमुख विशेषज्ञ (बाह्रौं तह) को सिफारिस भोलि हुने सम्भावना छ ।

स्वास्थ्य सेवामा बाह्रौं तह बढुवा सिफारिसका लागि सोमबार बढुवा समितिको बैठक बोलाइएको छ । स्वास्थ्यमन्त्रीमा बिरोध खतिवडा आएलगत्तै प्रमुख विशेषज्ञ बढुवा प्राथमिकतामा परेको हो ।

तिहार अगाडि नै बढुवा सिफारिस हुने भनिएपनि केही प्राविधिक कारणले तिहार पछाडि धकेलिएको थियो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीकाअनुसार भोलि नै बढुवा समितिको बैठकले प्रमुख विशेषज्ञमा बढुवाका लागि नाम सिफारिस गर्ने सम्भावना छ ।

स्वास्थ्यमा प्रमुख विशेषज्ञ तीन पद रिक्त रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा यस अघि बसेको समितिको बैठकले नम्बर जोड्ने विषयमा छलफल गरेको थियो ।

बाह्रौं तहमा बढुवाका लागि निवेदनसहित २१ जनाले यस अघि नै दाबी पेश गरेका छन् ।  २१ जनामध्ये टप पाँच जनाको नाम गर्ने सिफारिस गर्ने बढुवा समितिको तयारी छ ।

स्वास्थ्य सेवाको प्रमुख विशेषज्ञ बढुवा समितिमा सहभागी एक सदस्यअनुसार डा. भिमसिंह तिंकरी, डा. गुणराज लोहनी डा. तारानाथ पोखरेल योग्यताक्रमअनुसार नै छन् भने डा. श्याम सुन्दर यादव र डा. संगिता कौशल मिश्र निकै अगाडि आएका छन् । यी दुबैको दुर्गमको राम्रो नम्बर भएको स्वास्थ्यका एक अधिकारीले स्वास्थ्य लाइभलाई बताए । त्यस्तै कृष्ण पौडेल र विकास देवकोटा पनि प्रतिस्पर्धामा देखिएका छन् ।

बढुवा समितिले तीन जना प्रमुख विशेषज्ञका लागि पाँच जनाको नाम पठाउने तयारी गरेको छ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com