स्वास्थ्यमन्त्री गाँजा जोगाउन जुट्ने, सुरक्षाकर्मी सखाप पारेर चुट्ने


काठमाडौं । गाँजा अभियान्ताका रुपमा परिचित स्वास्थ्यमन्त्री बिरोध खतिवडा गाँजालाई लिगलाइज (वैधानिकिता) दिएर जोगाउन हिडेरहेका छन् । यता कानुनले गाँजा खेतीलाई अवैध मानेकाले सुरक्षाकर्मी गाँजा फडानीमा लागिपरेका छन् ।

कानुनले नै अवैध भनेर बाध्य भएर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी गाँजा सखाप पार्ने अभियानका लागेका हुन् । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले  प्रदेश २ मा संयुक्त रुपमा गाँजा फडानी तथा बरामद अभियान शुरु गरेको छ ।

सुरक्षाकर्मीहरु परिचालन गरेर महोत्तरीको एकडाँरा, गोनाहा बथनाहा, अजम्वरपट्टी, महोत्तरी गाउँपालिकामा गाँजा फडानी गरिएको छ । महोत्तरी जिल्लामाका  विभिन्न स्थानमा अन्दाजी ८ बिगाहको क्षेत्रभित्र लगाएको गाँजा फडानी गर्न सशस्त्र प्रहरीबाट  ४५ जना र नेपाल प्रहरीबाट ३० जनाको संयुक्त टोली खटाइएको हो ।  संयुक्त टोलीले गाँजा फडानी तथा बरामद कार्य शुरु गरी नष्ट गरेको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने जनाइएको छ ।

त्यस्तै सर्लाही जिल्लाको लालबन्दी नगरपालिका-१४ कामिटारमा अन्दाजी ३ बिगाह क्षेत्रभित्र लगाएको गाँजा सशस्त्रका डिएसपी दिपेन्द्र थापाको नेतृत्वमा ४० जना र  नेपाल प्रहरीका निरीक्षक सुरेश ठाकुरको २४ जनाको संयुक्त टोली परिचालन फडानी तथा बरामद गरेको छ ।

स्वास्थ्यमन्त्री खतिवडा र पूर्वसचिव भीम उपाध्यय गाँजालाई लिगलाइज गरेर देशको हितमा प्रयोग गर्नुपर्छ भन्ने अभियानमा लागिरहेको अवस्थामा प्रहरी सखाप पार्न लागिपरेको छ । तत्काल कानुन संशोधन नगर्ने हो भने गाँजा नष्ट गर्न प्रहरी यसरी नै परिचालन हुने परिस्थिति जारी रहन्छ । त्यसैले गाँजालाई जोगाउने हो भने तत्काल लिगलाइज गर्न जरुरी छ ।  नत्र स्वास्थ्यमन्त्री गाँजा जोगाउन जुट्ने, सुरक्षाकर्मीले सखाप पारेर चुट्ने क्रम जारी रहने देखिन्छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com