स्वास्थ्यमा प्रमुख विशेषज्ञका लागि ५ जनाको नाम सिफारिस


काठमाडौं । स्वास्थ्य सेवाको १२ औं तह (प्रमुख विशेषज्ञ)मा बढुवाका लागि ५ जनाको नाम सिफारिस भएको छ । स्वास्थ्य सचिव डा. रोशन पोखरेलको कार्यकक्षमा बसेको बढुवा समितिको बैठक प्रमुख विशेषज्ञमा बढुवाका लागि ५ जनाको नाम सिफारिस गरेको हो ।

प्रमुख विशेषज्ञमा बढुवाका लागि डा. श्यामसुन्दर यादव, डा. भीमसिंह तिंकरी, डा. श्रीकृष्ण श्रेष्ठ, डा. संगीता मिश्राको नाम सिफारिस भएको हो । पहिलो नम्बरमा डा. यादव, दोस्रोमा तिंकरी, तेस्रोमा श्रेष्ठ, चौथोमा मिश्रा र पाँचौ नम्बरमा डा. गुणराज लोहनी सिफारिस भएका छन् ।

 बढुवा समितिको बैठकले तीन वटा रिक्त पदका लागि पाँच जनाको नाम सिफारिस गरेको हो । अब बस्ने मन्त्रिपरिषद्को बैठकले सिफारिस भएका पाँचमध्ये तीन जनालाई प्रमुख विशेषज्ञमा बढुवा गर्ने छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com