सिएमसीमा कलेजो प्रत्यारोपण गर्दा लापरबाही भएकै हो ?


काठमाडौं । चितवन मेडिकल कलेज (सिएमसी)मा कलेजो प्रत्यारोपणमा चिकित्सकको लापरबाही भएको उजुरीपछि नेपाल मेडिकल काउन्सिलले छानबिन सुरु गरेको छ ।

सिएमसीमा कलेजो प्रत्यारोपण गर्दा चितवनका बोधराज पौडेलको मृत्यु भएको घटनाका विषयमा उजुरी परेपछि काउन्सिलले छानबिनको दायरामा ल्याएको हो ।

कलेजो प्रत्यारोपण गर्दा सिएमसीका चिकित्सकले लापरबाही गरेको मृतका आफन्तको आरोप छ । यो विषयमा मानव अंग प्रत्यारोपण समन्यव समिति र स्वास्थ्य विभागमा पनि एकै प्रकृतिको उजुरी परेको देखिन्छ ।

नेपाल मेडिकल काउन्सिलले यो विषयमा अध्ययन गरिरहेको छ । मृतका आफन्तले चिकित्सकको लापरबाहीका साथै नक्कली कलेजो प्रत्यारोपण गरेको आरोप लगाएको काउन्सिलका एक अधिकारीले स्वास्थ्य लाइभलाई बताए । ‘सिएमसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक डाक्टर हरिश चन्द्र न्यौपाने र  कलेजो प्रत्यारोपण संलग्न चिकित्सक  सञ्जय कुमार यादवसहितलाई छानबिन गर्न उजुरी परेको छ’, काउन्सिल सोतले भन्यो, ‘यो विषयमा के भएको हो विस्तृत रुपमा हेर्ने तयारी भइरहेको छ ।’,

कलेजो प्रत्यारोपणमा लापरबाही भए-नभएको विस्तृत अनुसन्धानपछि मात्र भन्न सकिने काउन्सिलका ती अधिकारको भनाई छ । मृतक पौडेलका आफन्तले भने चिकित्सकको लापरबाही कै कारण बिरामीको मृत्यु भएको दाबी गरेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com