अख्तियार भन्छ, ‘भौतिक पूर्वाधार भन्दा स्वास्थ्य क्षेत्र भ्रष्ट’


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भौतिक पूर्वाधार भन्दा स्वास्थ्य क्षेत्र भ्रष्ट भएको निष्कर्ष निकालेको छ ।

अख्तियारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा भ्रष्टाचारका हिसाबले स्वास्थ्य क्षेत्र भौतिक पूर्वाधारभन्दा अगाडि रहेको देखाएको छ ।

अख्तियारको प्रतिवेदनमा स्वास्थ्य तथा जनसङ्ख्यासँग सम्बन्धित ३.९३ प्रतिशत, भौतिक पूर्वाधार तथा यातायातसँग सम्बन्धित ३.७६ प्रतिशत उजुरी परेको उल्लेख छ ।

स्वास्थ्य भन्दा शिक्षा क्षेत्र बढी भ्रष्ट रहेको पाइएको छ ।  शिक्षा क्षेत्रमा १५.६१ प्रतिशत भ्रष्टाचारको उजुरी परेको छ । शिक्षालाई भूमि प्रशासनले पछ्‌याएको देखिन्छ । भूमिमा ९.०९ प्रतिशत, वन तथा वातावरण क्षेत्रअन्तर्गत ५.०१ प्रतिशत उजुरी परेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ ।

यता स्वास्थ्यले गृह , अर्थ र ऊर्जालाई पनि पछाडि पारेको छ । गृह प्रशासनसँग सम्बन्धित ३.४७ प्रतिशत, ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रअन्तर्गत ३.०९ प्रतिशत र अर्थ मन्त्रालयसँग सम्बन्धित २.०९ प्रतिशत उजुरी परेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ ।

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com