आखाँका डाक्टरको दृष्टि: कांग्रेस सभापतिमा डा. शेखर उपयुक्त


काठमाडौं । नेत्र चिकित्सक डा. शशांक कोइरालाले कांग्रेस सभापतिका लागि संस्थापनइतर समूहबाट डा. शेखर कोइराला उपयुक्त रहेको उद्‌घोष गरेका छन् ।

कांग्रेसका महामन्त्रीसमेत रहेका डा.  कोइरालाले  वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनमा सभापति पदमा जित्न नसक्ने दाबी गरे ।

सार्वजनिक रुपमै नेत्र चिकित्सक कोइरालाले संस्थापनइतर समूहबाट दाजु शेखर मात्र सभापतिमा जित्ने उमेदवार भएकाले नेता पौडेल र सिंहले छाड्नु पर्ने बताए । पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई काठमाडौंबाहिरका नेता-कार्यकर्ताले नचिन्ने भन्दै उनी शेखरको पक्षमा उभिएका छन् ।

प्रकाशमान काठमाडौंमै घेरिएरको आरोप लगाउँदै साथीहरूसँग आत्मीयता नदेखिएको र काठमाडौं बाहिर नचिन्ने डा. शशांकको टिप्पणी छ । पार्टी सभापतिमा शेरबहादुर देउवालाई पराजित गर्न नेता कृष्णप्रसाद सिटौलासमेत समेटेर शेखरलाई सभापति बनाउनु पर्ने उनको दृष्टिकोण  रहेको छ । तर त्यसका लागि शेखरले सबैलाई समेट्नु पर्ने महामन्त्री डा. शशांकको सुझाव छ ।

कांग्रेस महामन्त्री शशांक संखुवासभाका कांग्रेस सभापति दीपक खड्कासँग बिहानै हेलिकोप्टर चढेर संखुवासभा गएका छन् । शशांक  निवासमा पत्रकार सम्मेलन गरेर आजै कोइराला परिवारबाट डा. शेखरलाई सभापतिको साझा उम्मेदवार घोषणा गर्ने तयारी भएपनि उनी बिहानै हेलिकोप्टर चढेर संखुवासभातिर हानिएका हुन् ।

 

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com