कस्तो बन्ला नेपालमा योगगुरू रामदेवको मेडिकल कलेज ?


काठमाडौ । भारतीय योगगुरू रामदेवले नेपालमा मेडिकल कलेज र रिसर्च सेन्टर बनाउने बताएका छन् । पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा योगगुरु रामदेवले नेपालमा मेडिकल कलेज र रिसर्च सेन्टर खोल्ने तयारी रहेको जनाएका हुन् ।

पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्णलाई साथमा लिएर बिहीबार काठमाडौं उत्रिएका बाबा रामदेवले नेपालमा मेडिकल कलेज र मेडिकल रिसर्च सेन्टर बनाउने उद्‌घोष गरेसँगै उनले यो कस्तो बनाउन खोजेका हुन् भन्ने कुरा चासोको विषय बनेको छ ।

पतञ्जली योगपीठको भोलि काठमाडौंमा हुने कार्यक्रममा सहभागी हुन आएका रामदेवले नेपाललाई मेडिकल हब बनाउन सकिने योजनासमेत सुनाए ।

नेपालमा मेडिकल कलेज र अस्पतालका पछाडि रिसर्च सेन्टर झुन्ड्याउने पुरानै विकृति रहेको छ । रिसर्च नगर्ने रिसर्च सेन्टर बनाइँदै आएको नेपालमा फेरि त्यहीँ किसिमको अर्को रिसर्च सेन्टर त खोल्न खोजिएको हैन भन्ने कुरा चासोको विषय बनेको हो ।

रिसर्च सेन्टरको भिडमा योगगुरू रामदेवको रिसर्च सेन्टर कस्तो ढाँचाको बन्ने हो भन्ने कुराको चर्चा सुरू भएको छ ।

रामदेवले भोलि कै पतञ्जलीको कार्यक्रममा नेपालमा पनि आध्यात्मिक च्यानल लन्च गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शेरबहादुुर देउवाद्वारा दुईवटा आध्यात्मिक च्यानल लन्च गर्ने कार्यक्रम तय भएको पतञ्जली योगपीठले जनाएको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com