स्वास्थ्यको बाह्रौं तह बढुवामा ३३ प्रतिशत प्रतिनिधित्व गायब, महिला मन्त्रीहरू निरीह 


काठमाडौं । राज्यको हरेक निकायमा महिलाको ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्छ भन्ने विषयले स्वास्थ्यको बाह्रौं तहको बढुवामा हावा  खाएको छ । समानुपातिक, समावेशी मुद्दालाई आफ्नोे पेवा ठान्न प्रतिस्पर्धा गर्ने  नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर बनेको सरकारले स्वास्थ्य सेवाको प्रमुख विशेषज्ञमा बढुवा गर्दा ३३ प्रतिशत गायब बनादिएका  छन् ।

स्वास्थ्य सेवाको प्रमुख विशेषज्ञ (बाह्रौं) तहमा बढुवाका लागि एक महिलासहित पाँचजनाको नाम सिफारिस भएको थियो । प्रमुख विशेषज्ञमा रिक्त रहेको तीन पदमा एक जना महिलासहित बढुवा गरिएको भए महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुने थियो । तर,  प्रमुख विशेषज्ञमा बढुवाका लागि सिफारिस भएकामध्ये तीनै जना पुरुषको बढुवा गरेर समावेशी प्रतिनिधित्वको ठेक्का लिने दलहरुले यसको धज्जी उडाएका छन् ।

बढुवा समितिले क्रमशः डा. श्यामसुन्दर यादव , डा. भीमसिंह तिंकरी, डा. श्रीकृष्ण श्रेष्ठ,  डा. संगिता मिश्रा र डा. गुणराज लोहनीको नाम सिफारिस भरेको थियो ।  मन्त्रिपरिषद्ले पहिलो नम्बरका डा. यादव,  दोस्रो नम्बरका डा. तिंकरी र पाँचौ नम्बरमा सिफारिस भएका डा. लोहनीको बढुवा गरेको हो ।

स्वास्थ्यको बाह्रौं तहमा बढुवा गर्दा सरकारले चौथो नम्बरमा मेरिटमा आएकी महिलालाई हुत्याएर समावेशी समानुपातिक प्रणाली कै धज्जी उडाएको देखिन्छ ।  बढुवामा समावेशी बनाउन महिला मन्त्रीहरुले आवाज उठाएपनि दुई महिनापछि हुने बढुवामा महिला समेट्ने भन्दै ३३ प्रतिशत प्रतिनिधित्व गर्ने राज्यको नीतिमाथि बल मिच्याईं गर्ने काम गरिएको छ ।

भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठले स्वास्थ्य लाइभसँग कुरा गर्दै दुई महिनापछिको बढुवामा महिला समेट्ने आश्वासन पाएको बताइन् । उनले आफूहरूले आवाज उठाएको स्पष्ट पार्दै बढुवामा महिला छुट्दा नराम्रो लागेको सुनाइन् । यसले पनि स्वास्थ्यमा बाह्रौं तहको बढुवामा ३३ प्रतिशत महिलाले ठाउँ नपाउँदा महिलामन्त्रीहरू निरीह बनेको प्रस्ट हुन्छ ।

सरकारमा रहेका जिम्मेवार अधिकारीहरुको समावेशी, समानुपतिकको मुद्दा भाषणमा मात्रै सीमित रहेछ भन्ने कुरा यो घटनाले पुष्टि गरेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com