बेलायतमा १० हजार नेपाली नर्स पठाइँदै

दुई देशबीच सम्झौता हुन लागेको श्रम सचिव सूर्यप्रसाद गौतमको भनाइ


काठमाडौं । श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायतमा रोजगारीका लागि १० हजार नेपाली नर्स पठाउन लागिएको जनाएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव गौतमले बेलायतमा रोजगारका लागि १० हजार नर्स पठाउने सम्झौता हुन् लागेको बताए । शुक्रबार बैदेशिक रोजगार पत्रकार समाजद्वारा आयोजित कार्यक्रममाबोल्दै श्रम सचिव गौतमले यो विषयमा जानकारी गराएका हुन् ।

बेलायतले नेपालबाट नर्स लान खोजेकाले दुई देशबीच सम्झौताको तयारी भइरहेको उनको भनाइ छ । नेपालको हित हेरेर श्रमिकमैत्री सम्झौता गर्नेमा श्रम मन्त्रालय सचेत रहेको बताउँदै सचिव गौतमले यो विषय छिट्टै टुंगोमा पुग्ने स्पष्ट पारे ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com