विमानस्थल हेल्थ डेक्समा भिड

दश हजारकाे पिसिआर जाँच गर्न तीन स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य मन्त्रालय रमिते बन्याे


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पिसिआर रिपोर्ट जाँच गराउनेहरुकाे भिडले अन्तर्राष्ट्रिय जगतमा नेपालकाे व्यवस्थापकीय क्षमतामाथि प्रश्न उठाएकाे छ । विदेश जाँदा विमानस्थलमा पिसिआर रिपोर्टमा छाप लगाउनै घण्टाै लाइन बस्नु परेकाे छ ।

पिसिआर परिक्षणाकाे कमिसनमा रमाउने मन्त्री, सचिव विमानस्थलमा देखिएकाे भिडलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेमा माैन छन् । घण्टाै लाईन बसेर दु:खले विदेश पुगेका नागरिकहरूले पठाएकाे पैसाकाे रेमिट्यान्सले देश चलेकाे छ । तर, उनिहरुलाई सम्मानित रुपमा विदेश पठाउन भने सरकार आनाकानी गरिरहेको छ ।

काेराेनाका कारण विदेश जाँदा ४८ घण्टाभित्रकाे पिसिआर रिपोर्ट अनिवार्य छ । उक्ति रिपोर्ट स्वास्थ्यकर्मीहरुले ठिक छ भनेपछि मात्रै जान पाउँछन् । तर, ठिक छ छैन जानकारी पाउनकै लागि घण्टाैसम्म लाइनमा बस्नु परेकाे पीडित बताउछन् ।

अहिले विमानस्थलम डाक्टर नर्स र पारामेडिक्स गरी २७ जना कार्यरत छन् । उनीहरुले ९-९ जनाकाे हिसाबले तीन सिफ्टमा काम गरिरहेका छन् । यसबापत ल्याबका ७ जना छुट्टै छन् । ल्याबका कर्मचारीले विदेशबाट आउनेहरुकाे एन्टिजेन परिक्षण गर्छन् । विमानस्थलमा भएकामध्ये तीनजना डिपाचार, तीनजना एराइभल, दुईजना डाेमेस्टिक र एक जना ९ दिनमा एक दिन बिदा लिनेगरी काम गरिरहेका छन् ।

भिडलाइ व्यवस्थित गर्न ५ जना डिपाचर, ४ जना अराइभल र २ जना डाेेस्टिक गरी एक सिफ्टमा ११ जना राख्नु पर्छ । डिपाचरमा जम्मा तीन जना स्वास्थ्यकर्मी छन् । उनीहरुले १० हजारकाे रिपोर्ट हेर्नुपर्ने हुन्छ । ठाउँ ज्यादै सानाे भएकाले सहज रुपमा हेर्नसमेत सकेका छैनन् । यसले गर्दा विमानस्थलमा समस्या आएकाे हाे ।

विमानस्थल हेल्थ डेक्स प्रमुख गाेपाल पाण्डेकाअनुसार सहजताका लागि ५० जना स्वास्थ्यकर्मी आवश्यक छ । मन्त्रालयसँग प्रस्ताव गरिएपनि पठाएकाे छैन । ५ हजार भन्दा बढि कर्मचारी अहिले पनि समायाेजन मिलेर वा नमिलेर फाजिलमा छन् । उनीहरुमध्ये केहीलाई विमानस्थलमा खटाएर सेवा प्रवाहमा सहजता हुने अधिकारीहरु बताउँछन् ।

 

हेल्थ डेस्क प्रमुख पाण्डेले बिहान र बेलुकाकाे समयमा ज्यादै भिड हुने गरेकाे बताए । उक्त भिडलाई व्यवस्थापन गर्न आफूहरूलाई समस्या भएको उनको भनाइ छ ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com