स्वास्थ्य मन्त्रालयका उपसचिव न्यौपानेको भूमिमा सरूवा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आन्तरिक महाशाखाका उपसचिव भानु न्याैपानेकाे सरुवा भएकाे छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव न्यौपानेलाई भूमि व्यवस्था, शहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आन्तरिक महाशाखामा बसेर काम गरिरहेका उपसचिव न्याैपानेको ठाउँमा सामान्य प्रशासनले कसलाई पठाएको हो भन्ने पुष्टि हुन सकेको छैन । उनी स्वास्थ्य मन्त्रालयको विभिन्न शाखामा बसेर काम गरिसकेका छन् ।

उपसचिवका लागि कम महत्त्वको मन्त्रालयका रूपमा रहेको भूमि व्यवस्था मन्त्रालयमा न्यौपानेको सरुवा भएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com