सेवामा भन्दा टिकटकमा रमाउँदै सरकारी स्वास्थ्यकर्मी


काठमाडौं । राष्ट्रको सेवा गर्न भनेर सरकारी सेवामा जागिर खाएका स्वास्थ्यकर्मीहरू टिकटकमा रमाईलो गर्दै दिन बिताउन थालेका छन् ।

सरकारले कार्यालय समयमा लगाउन भनेर किनिदिएको पोशाक लगाएर कार्यालय समयमा राष्ट्र र जनताको सेवामा भन्दापनि  स्वास्थ्यकर्मीहरु टिकटकमा झुमिन थालेका छन् ।

 

दुर्गमका स्वास्थ्य संस्थादेखि संघका कार्यालयहरुमासमेत कुनै कुराको परबाह नगरी स्वास्थ्यकर्मीहरू टिकटकमा भुलिरहेको देख्न सकिन्छ ।

प्रदेश एककको इलाम, धनकुटा, धादिङ, पश्चिचमको बाग्लुङ, रुकुम रोल्पा, सुदूरपश्चिम हुँदै स्वास्थ्य सेवा विभागकासम्मका स्वास्थ्यकर्मीहरु टिकटकमा मस्त देखिन्छन् ।

पछिल्लाे  समय स्वास्थ्यकर्मी सेवामा भन्दा टिकटकमा बढी भेटिने गरेका छन् ।

टिकटकको लतले सरकारी कार्यालयमा बसेर सेवा दिनुपर्ने जिम्मेवारी बोकेका स्वास्थ्यकर्मीहरूको ध्यान काममा भन्दा बढि नाँच्नमा केन्द्रीत छ । बरु लाइक र फलाेअर कति पुगे चासाे त्यसमा छ ।                             

स्वास्थ्यकर्मीहरू कार्यालयको कुर्सीमा बसेर त्याे पनि कार्यालय समयमा आइटम डान्स देखाउन उचित हुन्छ हुदैन  सार्वजनिक बहसकाे विषय हाे ।

 

स्वास्थ्य लाइभले स्वास्थ्यकर्मीको टिकटक अवलोकन गर्दा पछिल्लो समयमा सरकारी कार्यालय हो कि टिकटक स्पट हो छुट्याउनै मुस्किल परेको छ ।

कार्यालय समय, कार्यालयभित्र र सरकारी पोशाकमा टिकटक बनाउनेलाई सरकारले सामाजिक सञ्जालसम्बन्धी निर्देशिकामार्फत कस्न नसके सरकारी कार्यालय टिकटक स्पट बन्ने निश्चित छ ।

स्वास्थ्य जस्तो संवेदनशिल सेवामा खटिएका स्वास्थ्यकर्मी नै टिकटकमा भुल्दा सेवाग्राही र बिरामीहरू मर्कामा पर्न सक्छन् ।

राज्यले तत्काल यसलाई व्यवस्थित गर्न नसके सेवाग्राहीले दुःख पाउने अवस्था आउँछ ।

 

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com