रामदेवको दिव्य फार्मेसी आफैले सिओपिपी प्रमाणित गरेको खुलासा, औषधिको नाममा के ल्याएर बेच्यो ?


काठमाडौं । भारतीय योगगुरु रामदेवले नेपालमा अवैध रुपमा फार्मेसी खोली आफैले सिओपिपी प्रमाणित गरेको रहस्य खुलेको छ । नेपालमा दिव्य फार्मेसी खोली आफैले सिओपिपी अर्थात औषधि वा अन्य कुनै वस्तु भनी स्पष्ट खुलाईएको प्रमाण बनाएर नेपालको औषधि व्यवस्था विभागमा पेश गरेको खुल्न आएको छ । औषधि व्यवस्था विभागले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । स्वास्थ्य लाइभले उक्त नक्कली सिओपिपी फेला पारेको छ ।

दोस्रो मुलुकबाट नेपालमा औषधि आउनका लागि सम्बन्धित कम्पनी जिएमपी सटिफाई हुनुपर्छ । त्यस्तै नेपाल ल्याउन लागेको वस्तु औषधिको प्रडक्ट हो, भनेर सम्बन्धित देशको औषधि व्यवस्था विभागले प्रमाणीत गरेको हुनुपर्छ । तर, रामदेवको दिव्यफार्मेसीले (सिओपिपी) नै नगरी नेपालमा औषधिका नाममा बिभिन्न वस्तु भित्राएको अनुमान गरिएको छ ।

अधिकारीहरुका अनुसार भारतको औषधि व्यवस्था विभागले नेपालमा औषधि लैजान लागेको हो भन्दै (सिओपिपी) प्रमाणित गर्नुपर्छ । सिओपिपी भनेको औषधि वा अन्य कुनै वस्तु हो भनेर प्रमाणित गरेको कागज हो । दिव्य फार्मेसीले भारतको औषधि व्यवस्था विभागबाट प्रमाणीत नगराई गैरकानुनी रुपमा आफ्नै लेटरप्याडमा आफैले भरेको देखिएको छ । अधिकारीहरुका अनुसार दिव्य फार्मेसीको यो आपराधिक काम हो ।

डिडिएका एक अधिकारीले भने, ‘बिरामीलाई रगत जाँच गरेर ल्याउ भन्दा आफैले भरेर ल्याएको जस्तो हो । यो औषधिको क्षेत्रमा गरिएको गंभिर अपराध हो । नेपालको औषधि व्यवस्था विभागले कारबाही स्वरुप प्रडक्ट खारेज गरेको छ, तर देश निकाला गर्न सकेको छैन ।’, अहिले पुन: नेपाल आएसँगै त्यसलाई अनुमति दिन चलखेल सुरु भएको छ । यस विषयमा औषधि व्यवस्था विभागका कुनै पनि अधिकारीले जवाफ दिन चाहेका छैनन् ।
अब सबै कागजहरु पूरा गरेर नयाँ ढंगले आएपनि औषधि नेपालको व्यवस्था विभागले विश्वास नलाग्दासम्म अनुमति नदिन सक्छ । तर, सिंगो राज्यसम्यन्त्र रामदेवको दिव्यफार्मेसीलाई अनुमति दिलाउन लागेको छ ।
दिव्य फार्मेसीले नेपाललाई झुक्याएर पतञ्जलीका वस्तुहरु औषधिको नाममा बेच्न थालेपछि प्रतिबन्ध लगाइएको छ । अहिले औषधि बेच्ने ठाउँहरुमा खाद्यान्न बेचिरहेका छ ।
नेपालमा २०६५ सालमा भारत उत्तराखण्डस्थित दिव्य फार्मेसीको शाखा खुलेको हो । सन् १९९५ मा दिव्य फार्मेसी र २००६ मा पतञ्जली आयुर्वेद खोलेर रामदेवले व्यापार गर्दै आएका छन् ।
औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार नक्कली कागज देखाएपछि कारबाही स्वरुप बन्द गरिएको छ । अहिले पुनः स्वीकृतिका लागि निवेदन दिएको सूचना अधिकारी केसीले स्वास्थ्य लाइभलाई पुष्टि गरे ।

अधिकारीहरुले बताए अनुसार नेपालमा ४० वटा आयुर्वेदिक उद्योगहरु स्वदेशी छन् । उनीहरुमध्ये १० वटा उद्योग १५ करोड बढी लगानी भएका छन् । नेपालमा जम्मा ५ अरब रुपैयाँको लगानीमा ४० वटा आयुर्वेदिक उद्योग छन् । भारतीय योगगुरु रामदेवले पतञ्जलीको आयुर्वेदिक औषधि उद्योग नेपालमा खोल्दा यी सबै नेपाली उद्योग बन्द हुनेछन् । एउटै उद्योग १६ अर्वको लगानीमा खोल्ने रामदेवको तयारी छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com