स्वास्थ्य मन्त्रालयका कोठा आइएनजिओलाई सुम्पिएर अशक्त बस्ने कक्ष ‘कब्जा’ गर्ने तयारीमा सचिवालय


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अवैधानिकसमेत गरेर चार तलाको छ । मन्त्रालयमा ५० भन्दा धेरै कोठाहरु छन् । एक दर्जन बढी कोठाहरुमा अवैध रुपमा आइएनजिओ/एनजिओले आफ्ना कर्मचारी जासुसी खटाएको छ । ती कर्मचारीहरु सरकारी अधिकारीहरु बस्ने हरेक जसो कोठामा छन् । त्यो पनि उनीहरुसँगै कुम जोडेर बसेका छन् ।

खाली कोठाहरु

यी खाली कोठाहरु प्रयोग गर्ने पक्षमा देखिएका छैनन् । एनजिओ/आइएनजिओ काखी च्यापेका स्वास्थ्य मन्त्रालयका अधिकारीले मन्त्रालय प्रवेश गर्ने आगन्तुक बस्ने स्थान भने व्यवस्थित गर्न सकेका छैनन् । अहिले स्वास्थ्य मन्त्री विरोध खतिवडाको सचिवालय आगन्तुक कक्षमा राख्ने तयारी भएको छ । तर, जासुसी गर्न बसेका एनजिओ/आइएनजिओका कर्मचारी हटाउने तर्फ ध्यान गएको छैन ।

मन्त्रालय कब्जा जमाएर बसेको एनएचएसएसपी, मन्त्री, सचिव खुसी पार्न जे सहयोग गर्न पनि तयार हुन्छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय फरक क्षमता भएका व्यक्तिका लागि असहज ठाउँ हो । मन्त्रालयमा काम विशेषले जाने व्यक्तिहरूलाई मन्त्रालयको सम्बन्धित ठाउँमा जानै ‘महाभारत’ हुन्छ । अझ अपाङ्गताको कुरै नगरम् ।

अपाङ्गता भएका व्यक्ति आगन्तुक कक्षबाट बाहिरीदै

मन्त्रालयमा आएको बेला बस्ने ठाउँ पनि त्यति गतिलो छैन । ५० कोठामध्ये एक दर्जन बढीमा एनजिओ/आइएनजिओ बसिरहेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाहेक अन्य संस्थाले मन्त्रालय भित्र जासुसीको रुपमा ठाउँ पाउनुलाई धेरैले आश्चर्यका रुपमा हेरेका छन् ।

पत्रकारले सूचना नपाउने, नागरिकले बस्ने स्थान नपाउने तर, एनजिओ/आइएनजिओका कर्मचारीले टिप्पणी नै उठाउन पाउने सम्मको अधिकार स्वास्थ्य मन्त्रालयले दिएको छ । उनीहरुका लागि आफ्ना भन्दा पराई निकै प्यारा छन् ।

अपाङ्गता भएका व्यक्ति आगन्तुक कक्षबाट बाहिरीदै

यसको पछिल्लो उदाहरण हो,आगन्तुक कक्ष कब्जा । स्वास्थ्य मन्त्रालयमा रहेको अपाङ्गता भएका व्यक्तिहरु बस्ने ठाउँ स्वास्थ्य मन्त्रीको सचिवालयको तारो बन्दै गएको छ ।

काम विशेषले निकै कष्टपूर्ण तरिकाले भित्र प्रवेश गरी बस्दै आएको आगन्तुक कक्ष मन्त्रीको सचिवालयले कब्जा गर्न थालेपछि स्वास्थ्यमा गएका अपाङ्गता भएका व्यक्ति र अन्य आगन्तुकको फेरि बिजोग हुने देखिएको छ ।

स्वास्थ्य मन्त्रालयको महत्त्वपूर्ण कोठा धेरै खाली छन् । अझ कोठा कोठा जासुसी बसेका डब्लुएचओका कर्मचारीलाई एकै ठाउँमा व्यवस्थापन गर्ने थुप्रै कोठाहरु निस्किन्छन् । डब्लुएचओले मन्त्रालयबाट कर्मचारी हटाउने भन्दै कुपण्डोलमा घर भाडामा लिएको छ । एनएचएसएसपी अवैध रुपमा भाडै नतिरी मन्त्रालयमा बसेको छ । सरकारी अधिकारीलाई आर्थिक प्रलोभनमा पारेर ट्वाइलेटसमेत चाबी लगाएर बसेको छ ।

मन्त्रालयमा एनजिओ, आइएनजिओ पाल्ने तर, स्वास्थ्यको आगन्तुक बस्ने कक्ष भने सचिवालयले कब्जा गर्नुले बजारमा राम्रो सन्देश पक्कै जादैन ।

तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवका प्रस सल्लाहकार भक्त थापाले कब्जा गरेको आगन्तुक कक्ष अहिले पनि प्रेस सल्लाहकार बनेर आएका शान्तराम बिडारी बस्न खोजेको पाइएको छ । बिडारीका लागि आगन्तुक कक्षमै नयाँ टेबल कर्सीको व्यवस्थापन गरिसकिएको छ ।

आगन्तुक कक्ष जहा जुन अहिले कब्जा गर्न खोजिदैछ

मन्त्रालयका एक अधिकारीले भने, अपाङ्गताहरु बस्ने कक्षमा बस्नु भन्दा एनजिओ/आइएनजिओलाई व्यवस्थापन गरेर त्यहाँ बसे दीर्घकालीन समाधान हुने थियो ।

तत्कालीन समयमा भानुभक्त ढकालका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले थापाको बद्मासीलाई निरन्तरता दिँदै आगन्तुक कक्षमै बसेका थिए । अहिलेका स्वास्थ्यमन्त्री विरोध खतिवडाका प्रेस सल्लाहकार बिडारीको आँखा पनि त्यहीँ आगन्तुक कक्षमा रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com