८१ लाख २६ हजार ९९१ डोज खोप प्रयोग गर्न बाँकी


काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार ८१ लाख २६ हजार बढी डोज खोप प्रयोग गर्न बाँकी रहेको छ । थप कोभ्याक्स सुबिधा मार्फत भारतबाट ६० लाख कोभिसिल्ड खोप आउने भएको छ । उक्त खोप मध्ये २० लाख डोज आगामी २९ तारिकमा आउँने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपलाई तिब्रता दिने उदेश्यले खोपको आपुर्ती बढाउँदै लगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले दिएको जानकारी अनुसार हाल सम्म २ करोड ५४ लाख ७० हजार ६३० डोज बिभिन्न प्रकारका खोप नेपाल आइसकेको छ । यस बिचमा १ करोड ७३ लाख ४३ हजार ६ सय ३९ डोज खोप प्रयोग भएको छ । कम्तिमा पनि एक मात्रा ९२ लाख ८४ हजार ३ सय ३७ र पूर्ण मात्रा ८० लाख ५९ हजार ३ सय २ जनाले पाएका छन् ।

खोप शाखाका प्रमुख सागर दाहालले विगतमा जस्तो अफ्ठेरो परिस्थिति नभएकाले अब उमेर तोकेर खोप नदिने बताए । ‘हिजो खोप पु¥याउँनै समस्या भएकाले हिसाव नगरी प्रदेश र स्थानीय तहमा पठायौंँ प्रमुख दाहालले भने, अब पर्याप्त खोप छ त्यसैले वितरण आवश्यकताका आधारमा मात्रै गर्छौ ।’

स्वास्थ्य सचिव डा रोशन पोखरेलले खोपको पर्याप्त उपलब्धता भएकाले १८ वर्ष देखि माथिका सबै नागरिकलाई दिइने बताए । विगतमा सरकारले उमेर तोकेर मात्रै खोप संचालन गरेको थियो । धेरै नागरिकले खोप पाएको भन्दै सचिव पोखरेलले अब कसैले पनि खोप पाइदैनकी भनेर आत्तिनु नपर्ने बताए ।

१८ वर्ष भन्दा माथिको लक्षित जनसंख्या १ करोड ९९ लाख २२ हजार १६४ जना रहेकोमा ८० लाख ५९ हजार ३०२ जनाले दोस्रो मात्रा अर्थात ४० दशमलब ४५ प्रतिशतले पूर्णमात्रा खोप पाएका छन् । एक मात्रा खोप लगाउने संख्या लक्ष्य नजिक पुगेको छ । यसले गर्दा पनि विगतमा जस्तो खोप लगाउनेहरुको भिड छैन । यसमा बालबालिकाको संख्या भने जोडिएको छैन ।

खोप शाखा प्रमुख सागर दाहालका अनुसार पहिलो त्रैमासीक पछि सबै कर्भवतीहरुलाई पनि खोप खुला गरेको छ । चोक चोकमा खोप अभियान नियमीत छ । तर, अब संघले स्थानीय तहमा खोप पठाउने मात्रै काम गर्ने उनले बताए । हामीले खोप आवश्यकता हेरेर पठाउँछौं त्यसको व्यवस्थापन भने स्थानीय तह आफैले गर्नुपर्ने छ उनले भने ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com