ओलीलाई ‘कू’ गरेको आरोप लगाउने ढकाल स्वास्थ्यको विज्ञ सल्लाहकार


संसद भंग गर्दा केपी शर्मा ओलीलाई संवैधानिक ‘कू’ गरेको आरोप लगाउने डा. रमेश ढकाल स्वास्थ्यमन्त्रीको विज्ञ सल्लाहकार बनेका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ढकाललाई विज्ञ सल्लाहकारमा नियुक्त गरेका हुन् । उनले नियुक्ति पत्रसमेत बुझिसकेका छन् ।

ढकाल तत्कालीन प्रधानमन्त्री ओलीले संसद भंग गरेर निर्वाचनमा जाने निर्णय गरेपछि संवैधानिक ‘कू’ खारेज गर, संसद सुचारु गर भन्ने एजेण्डा बोकेर ओली बिरोधी मोर्चामा खडा भएका व्यक्ति हुन् । त्यहीँ कदमबाट विवाद भएर एमाले फुटेर माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको हो । समाजवादीबाट मन्त्री बनेका खतिवडाले सम्हालेको स्वास्थ्य मन्त्रालयमा डा. ढकाल विज्ञ सल्लाहकार बनेका हुन् ।

चितवनमा सुरू भएको एमालेको महाधिवेशन कै दिन अनले विज्ञ सल्लाहकारको पत्र बुझ्नु अर्को संयोग भएको छ ।

डा. ढकाल शंकरापुर अस्पतालमा प्रबन्ध निर्देशकको भूमिकामा रहेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com