एमाले महाधिवेशनले चितवनमा कण्डम बिक्री ठप्प


काठमाडौं । नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा कण्डम बिक्री ठप्प भएको छ । अन्य दिन कण्डमको व्यापार राम्रै हुँदै आएको चितवनमा शुक्रबार कण्डम बिक्री नै हुन सकेन ।

चितवनका होटलहरूमा एमालेका नेता कार्यकर्ता समूहमा बसेकाले कण्डम बिक्री ठप्प भएको चितवन कण्डम हाउसका संचालक नेत्र पौडेलले बताए । अन्य दिन राम्रै कण्डमको बिक्री हुँदै आएकोमा हिजोको दिन कण्डम बिक्री ठप्प भएको उनको भनाइ छ ।

एमाले महाधिवेशनले गर्दा कण्डम खपत घटेकाले चितवनका व्यापारीहरू निराश बनेका छन् । ‘चितवनका अधिकांश होटल एमालेले बुकिङ गरेको छ, होटलमा आएर बस्ने जोडीले कोठा नै पाएनन्’, कण्डम हाउसका संचालक पौडेलले स्वास्थ्य लाइभसँग भने, ‘होटलमा बसेका एमालेका नेता कार्यकर्ता पनि समूहमा बसेकाले कण्डम खपत हुने अवस्था आएन होला । त्यसैले कण्डमै बिक्री भएन ।’,

एमाले महाधिवेशनले चितवनमा अन्य व्यापार फस्टाए पनि कण्डमको व्यापारलाई घाटा भएको पौडेलले सुनाए ।

चितवन कण्डम हाउसले एउटै कण्डमलाई तीन हजार रुपैयाँसम्म लिएर बेच्ने गरेको छ । १० रुपैयाँको कण्डम अत्याधिक खपत हुने चितवनमा एमाले महाधिवेशले गर्दा  कण्डम खपत तथा बिक्रीमा अवरोध खडा भएको हो ।

आउने-जाने, खाने-बस्ने सबै पार्टीले व्यवस्थापन गरेर ल्याइएका मान्छेहरुसँग कण्डम प्रयोग गर्ने हैसियत नभएको तथा असुरक्षित सम्पर्क राख्ने गरेकाले पनि कण्डम बिक्री हुन नसकेको व्यापारीहरूको अनुमान छ ।

क्याटेगोरी : जीवनशैली, प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com