क्यान्सरको औषधि भन्दै ८० लाखमा सुन कछुवा बेच्न खोज्ने पक्राउ


काठमाडौं । कालिमाटी प्रहरीले क्यान्सरको औषधि भन्दै ८० लाखमा सुन कछुवा बेच्न खोज्ने पक्राउ गरेको छ । लोपउन्मुखको सूचीमा रहेको सुन कछुवा ८० लाखमा बिक्री गर्न बार्गेनिङ गर्दै  गर्दा प्रहरीले समातेको हो ।

कालिमाटी प्रहरी वृत्तकाअनुसार सुन कछुवा ८० लाखमा बेच्न खोज्ने ४ जनालाई पक्राउ गरिएको छ । ४ जना चोरी शिकारीको साथबाट प्रहरीले सुन कछुवासँगै मोबाइल, पर्स, नगदलगायत बरामद गरेको हो । उनीहरुमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com