सकिएको छैन महामारी

नयाँ ‘ओमिक्रोन’ भाइरस पत्ता लगाउन सरकारले ७५० नमूना इंग्ल्याण्ड पठायो, नेपालमा ९६ वटा घानमा


काठमाडौं । दक्षिण अफ्रिकामा ‘ओमिक्रोन’ नामक बी १.१.५२९ नयाँ भेरिएन्टको उदयले फेरि एक पटक विश्वमा महामारी समाप्त नभएको पुष्टि गरेको छ । कोरोनाको महामारी समाप्त नभएकाले दैनिक रुपमा हुँदै आएका स्वास्थ्यका मापदण्ड र परिक्षणलाई तीब्रतामा जोडि दिनुपर्ने देखिएको छ ।
नेपालमा पनि नयाँ ओमिक्रोन भेरियन्ट फैलिएको आशंका गरिएको छ । सरकारले ७ सय ५० नमूना ओमिक्रोन भेरियन्ट फैलिएको हो कि होइन भनेर पुष्टि गर्ने उद्देश्यले इंग्ल्याण्ड पठाउनुले यो आशंकामाथि बल पुगेको छ ।

नयाँ ‘ओमिक्रोन’ भाइरस पत्ता लगाउन सरकारले ८ सय ४६ नमूना जीन सिक्वेन्सिङका लागि घानमा हालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले नयाँ भेरिएन्ट भए नभएको पत्ता लगाउन ७ सय ५० नमुना इंग्ल्याण्ड पठाएको बताए ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार नेपालमा जीन सिक्वेन्सिङका लागि ९६ वटा नमूना घानमा हालिएको छ । उनकाअनुसार अबको चार दिनमा नतिजा आउँने छ ।

विगतमा जीन सिक्वेन्सिङका लागि नमूना विश्व स्वास्थ्य संगठनको अगुवाईमा हङकङ पठाउँदै आएपनि पछिल्लो समय तत्कालीन स्वास्थ्य सचिव लक्ष्मण अर्यालले जीन सिक्वेन्सिङ गर्न इंग्ल्याण्डसँग सम्झौता गरेका हुन् । एक वर्षसम्म १ सय ५० का दरले हरेक महिना नमूना इंग्ल्याण्ड पठाउनु पर्ने छ ।

नेपालमा दोस्रो लहर डेल्टाले ल्याएको थियो । यसले कयौं मानिसहरुको ज्यान लिएको छ । तर, हाल दक्षिण अफ्रिकामा देखिएको ‘ओमिक्रोन’ नामक बी १.१.५२९ नयाँ भेरिएन्टले अझै तीब्र संक्रमणदर देखाएको अधिकारीहरुले बताएका छन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com