कोरोनाको ओमिक्रोन भेरियन्ट १४ देशमा फैलियो


काठमाडौं । दक्षिण अफिक्राबाट सुरु भएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट १४ देशमा फैलिसकेको छ ।

नेपालको छिमेकी मित्रराष्ट्र भारतमासमेत ओमिक्रोन भेरियन्ट फेला परेकाले नेपाल उच्च जोखिममा देखिन्छ । विश्व स्वास्थ्य संगठनले नेपालमा यो भेरियन्ट फैलन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

नेपालमा भने अफ्रिकी देश तान्जानियाबाट आएका उच्च सरकारी अधिकारी नै लापरबाही गैरजिम्मेवार बनेर हिडेका छन् ।

ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिका, भारतसहित, बेलायत, अष्ट्रेलिया, जर्मनी, हङकङ, नेदरल्याण्ड, डेनमार्क, इटाली, बेल्जियम, क्यानडा, चेक रिपब्लिका, बोत्सवाना, इजरायलमा फेला परिसकेको छ । यो भाइरसको महामारी तीब्र गतिमा विश्वव्यापीकरण हुँदै गएको देखिन्छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com