गंगालालको पिसिआर परीक्षण शुल्क पनि १ हजार कायम


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको विशेष चासो र निर्देशनपछि शहिद गंगालाल हृदयरोग केन्द्र, बाँसबारीको पिसिआर परीक्षण शुल्क पनि अन्य सरकारी अस्पतालसरह १ हजार रुपैयाँ कायम गरिएको छ ।

सरकारी र निजी स्वास्थ्य संस्थामा पिसिआर परीक्षण बापत लिइएको शुल्कमा एकरुपमा कायम गर्न र उक्त अस्पतालमा पनि अन्य सरकारी अस्पतालमासरह शुल्क निर्धारण गर्न निर्देशन दिएपछि सोमबारबाट सो व्यवस्था कार्यान्वयनमा आएको हो ।

गंगालाल अस्पताल सञ्चालक समितिको अध्यक्षको हैसियतले मन्त्री खतिवडाले सो अस्पतालमा पिसिआर परीक्षण शुल्क १७ सय रुपैयाँ लिँदै आएकोमा एकरुपता नभएको भन्दै चासो राख्दै एकरुपता र सुलभ मूल्य कायम राख्न निर्देशन दिनुभएको थियो । अहिले केन्द्रीय प्रयोगशाला टेकु, वीर, सिभिल लगायतका सरकारी अस्पतालहरुमा १ हजार रुपैयाँ कायम छ भने विदेश जानेहरुका लागि त्रिभुवन विमानस्थल परिसरमै निजी संस्थाले एकहजार दुईसय लिइरहेका छन् । स्वास्थ्य मन्त्रीको निर्देशन र अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारीको तत्परतापछि आवश्यक प्रक्रिया पूरा गरी सोमबारबाटै लागू हुनेगरी एकहजारमै पिसिआर परीक्षण शुल्क तोकिएको स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ ।

‘मुटुको शल्यक्रिया गर्ने विरामीहरुको पिसिआर गर्दा शुल्क एकहजार मात्र लिने मिल्न गरी बिलिङ र सफ्टवेयर प्रणाली सोमबारबाटै कार्यान्वयनमा आएको र यसले सर्वसाधारणलाई राहत पुगेको स्वास्थ्यमन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए । सरकारी अस्पतालहरुमा इमर्जेन्सी सेवा निःशुल्क, सर्वसाधरणको सहज पहुँच र सेवा सुविधा पारदर्शी गर्ने सम्वन्धमा पनि छिट्टै निर्णय हुने बताइएको छ ।

मन्त्रालयका सचिव डा. रोशन पोखरेलले अस्पतालका निर्देशक डा.अधिकारीलाई स्वास्थ्य मन्त्री खतिवडाको निर्देशन तत्काल कार्यान्वयन गरी जनताप्रति उत्तरदायी बन्न तथा पिसिआर परीक्षण शुल्क घटाउन अनुरोध गरेका थिए ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com