कोरोनाको महामारीमा नेपालले खेलेको भूमिकाको डब्ल्यूएचओ प्रमुखद्वारा प्रशंशा


काठमाडौं । कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा विशेष भूमिका खेलेको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) प्रमुखले नेपालको प्रशंशा गरेका छन् । विश्व स्वास्थ्य सम्मेलनमा सहभागी हुन जेनेभा पुगेका स्वास्थ्य सचिव डा. रोशन पोखरेलसँगको भेटमा डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना महामारीमा नेपालले खेलेको भूमिकाको प्रशंशा गरेका हुन् ।

स्वास्थ्य सचिव डा. पोखरेलकाअनुसार डब्ल्यूएचओका प्रमुखले महानिर्देशक डा. टेड्रोसले कोरोना भाइरसविरुद्ध जारी सङ्घर्षमा नेपालले सफल भूमिका निर्वाह गरेको भन्दै खुसी व्यक्त गरेका हुन् । कोभिड- १९ नियन्त्रण तथा रोकथाम र खोपको व्यवस्थापनमा नेपालले छोटो समयमै उल्लेख्य प्रगति गरेकोमा महानिर्देशक डा. टेड्रोस नेपाललाई धन्यवादसमेत दिएका छन् ।

स्वास्थ्य सचिव डा. पोखरेलसँगको भेटमा महानिर्देशक डा. टेड्रोस कोरोनाको महामारीविरुद्ध एकसाथ अघि बढ्ने धारणा राखेका छन् ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ