अफ्रिकाबाट फर्केका सरकारी अधिकारी र स्वास्थ्यकर्मी के भन्छन् ?


मुख्य सचिवको दबाबमा छाडेका हौं
गोपाल पाण्डे, विमानस्थल इन्चार्ज   

अफ्रिकाको तान्जानियाबाट स्वदेश फर्केका ६ सरकारी अधिकारीले स्वास्थ्यकर्मीमाथि लगाएको आरोप सरासर झुटो छ । उहाँहरुलाई घर जानु भनेर हामीले पठाएको हैन । अफ्रिकाबाट आउने जानकारी यम तिवारीकाे मुखबाट पाएको हुँ । सरकारले उनीहरु आउँदैछन् भनेको पनि हैन ।

यम तिवारीसँग मेरो जहाजभित्रै सम्पर्क भयो । हामीले उहाँहरुलाई नेपाल झरेपछि होटल पठाउने निर्णय गर्यौं । उक्त कुरा मैले यम तिवारीलाइ सुनाए । उहाँले हामी मुख्य सचिवलाई जानकारी गराउँछौं भन्नु भयो ।
लगत्तै मुख्य सचिवले मलाई फोन सम्पर्क गर्नुभयो । उहाँले ६ जनालाई होटल नभएर घर पठाउन भनेपछि उहाहरु घर जानू भएकाे हाे । घर पठाएकाे भन्दै स्वास्थ्य मन्त्रालयले मलाई गालीसमेत गरेको छ ।

साेही टोलीमा रहेका भन्सार विभागका निर्देशक सुरेश सेढाईं र अर्थ मन्त्रालयका उपसचिव खिम कुँवर भने आज फर्किएका छन् । उनीहरुलाई होटल क्वारेन्टाइनमा राखिएको छ । त्यस्तै उनीहरुसँगै बेल्जियमबाट आएका २१ जनालाई पनि होटल क्वारेन्टाइन राखिएको छ ।

मुख्य सचिवलाई फोन गरेका हैनौं, स्वास्थ्यकर्मीले घर पठाए   

पार्वती शर्मा, लेखा उपसचिव

आइतबार बिहान हामी अफ्रिकाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यौं । विमानस्थलमा झर्नसाथ तान्जानियाबाट आउँनुभएको को हो, भनेर स्वास्थ्यकर्मीले सोधे । हामी हौ, भन्दै ६ जना स्वास्थ्यकर्मीहरु भएको स्थानमा गयौं र हामीले के गर्नु पर्छ भन्दै सोध्यौंँ । स्वास्थ्यकर्मीले नमूना लिएर आरडिटी परीक्षण गर्नुपर्छ भने र गरे पनि । परीक्षणपछि नतिजा नेगेटिभ आयो । रिपोर्ट नेगेटिभ आएपछि हामीले सोध्यौं अब के गर्ने ?

जहाजमै हामीले सल्लाह गरेर सरकारले क्वारेन्टाइन राख्यो भने हामी गएर बस्नुपर्छ भन्नेमा तयारी थियौं । तर, विमानस्थल हेल्थ डेक्सका स्वास्थ्यकर्मीले स्वास्थ्य मन्त्रालयसँग कुरा गरेको भन्दै घरमा गएर होम आइसोलेसनमा बस्न अनुरोध गरेअनुसार गएका हौं । स्वास्थ्यकर्मीले ७ दिन होम आइसोलेसनमा बस्न भनेपछि हामी घर गएका हौं । हामीले मुख्य सचिवलाई फोन गरेर घर जान्छौं भनेका पनि हैनौँ ।

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com