नेपालमा ओमिक्रोन भेरिएन्ट भित्रिन नदिन तात्यो सरकार


काठमाडौं । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन भित्रिन नदिन सरकार तातेको छ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले ओमिक्रोन भेरिएन्ट रोक्न ‘यात्रा व्यवस्थापन आदेश’ जारी गरेको बताए  ।

मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्दै प्रवक्ता कार्कीले ओमिक्रोन देखिएका मुलुकबाट आउने यात्रुको लागि ‘यात्रा व्यवस्थापनसम्बन्धी आदेश’ जारी गर्ने निर्णय गरेको जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सिमाना जोडिएका नाकाबाट नेपाल भित्रिने यात्रुलाई कडाई गर्ने भन्दै सरकारले आदेश जारी गरेको हो । दक्षिण अफ्रिकाबाट आउने यात्रुलाई रोक लगाउने निर्णयसमेत गरिएको मन्त्री कार्कीको भनाइ छ ।

विमानस्थल र नाकामा उच्च निगरानी गरेर ओमिक्रोन भाइरसको  पहिचान, नियन्त्रण तथा रोकथाममा विशेष कदम चालिने प्रवक्ता कार्कीले सुनाए ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com