प्रधानन्यायाधीश राणाले अस्पतालबाटै अदालत चलाए


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अस्पतालबाटै सर्वोच्च अदालत चलाएका छन् । सशस्त्र प्रहरी अस्पताल बलम्बुमा सोमबार राती भर्ना भएका प्रधानन्यायाधीश राणाले मंगलबार सर्वोच्च अदालतमा मुद्दाको पेशी तोकेका हुन् ।

सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेशी तोक्ने कार्यविधि पारित भएर लागू हुने कुरा चलेपछि उनले अस्पतालबाटै अदालत चलाउन थालेको पाइएको छ ।

नेपाल ए. पी. एफ. एक अस्पतालका चिकित्सक प्रबिन नेपालकाअनुसार  प्रधानन्यायाधीश राणालाई कोभिड-१९ र निमोनिया देखिएकाले अस्पताल भर्ना गरिएको हो । सोमबार नै अस्पताल भर्ना भएका प्रधानन्यायाधीश राणा मंगलबार पनि पेशी तोकेपछि उनले अस्पतालबाटै अदालत चलाउन थालेको चर्चा सुरु भएको हो ।

नेपाल बार एसोसिएसनको आन्दोलन र अबरोध छलेर सर्वोच्च अदालतमा प्रवेश गरी पेशी तोक्दै आएका प्रधानन्यायाधीश राणा अस्पतालमा भर्ना हुँदासमेत पेशी तोक्न काम जारी राखेको सर्वोच्चका अधिकारीहरू बताउँछन् ।

अस्पतालबाटै पेशी तोक्नु आश्चर्यको विषय भएको स्वास्थ्य लाइभसँग सर्वोच्चका एक उच्च अधिकारीले टिप्पणी गरे । ‘हिजो अस्पताल भर्ना भएका प्रधानन्यायाधीशले आज पेशी तोकेका छन् । यसलाई अस्पतालबाट अदालत चलाएको किन नभन्ने ?’,  ती अधिकारीले भने । प्रधानन्यायाधीश राणामा पेशी मोह रहेको यो घटनाले पुष्टि गरेको सर्वोच्चका ति उच्च अधिकारीको भनाइ छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com